२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रकाशचन्द्र लोहनी


प्रकाशचन्द्र लोहनीका लेखहरु :

पूर्वप्रधानमन्त्री भट्टराईको भारत भ्रमण : विचार-संवाद र दक्षिण एशियाली राजनीतिमा सम्भावित प्रभाव

यो भ्रमण विचार, संवाद र वैकल्पिक राजनीतिक दृष्टिकोणको सशक्त हस्तक्षेपका रूपमा महत्वपूर्ण रह्यो, जसले नेपाल-भारत सम्बन्ध मात्र होइन, समग्र दक्षिण एशियाली राजनीतिक बहसमा दीर्घकालीन वैचारिक प्रभाव पार्ने सम्भावना बोकेको छ।

पर्यटनलाई उद्योग सरह मान्यता माग

पर्यटन क्षेत्रलाई उद्योग सरहको मान्यता दिन यहाँका पर्यटन व्यावसायीले सरकारको ध्यानाकर्षण गराएका छन। उद्योग सरह मान्यता नपाउँदा पर्यटन क्षेत्रले सरकारी निकायबाट पाउनुपर्ने सुविधा पाउन नसकेको उनीहरुको भनाई छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सीको मनोमानी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट ट्याक्सी सेवा संचालन गरिरहेका ट्याक्सी चालकले बाहिरबाट आफन्त लिन र पुर्याउन जाने सवारी चालक र धनीलाई अभद्र व्यवहार गर्ने गरेका छन्। आफ्ना सवारी चढ्न नमानेको भन्दै ‘पिकअप’का लागि गएको सवारीमा यात्रु चढ्न नदिने तथा यात्रुमाथि अभद्र व्यवहार समेत गर्ने गरेका छन्। ट्याक्सी चालकको मनोमानीले यात्रुलाई समेत हैरानी भएको छ।

पूर्वक्षेत्रका पाहुनालाई सडक महोत्सवमा घुम्न आउन पोखराको निम्तो

पोखराको पर्यटन प्रवर्द्धन गर्नका लागि यहाँका पर्यटन व्यावसायिले पूर्वी क्षेत्रमा प्रवर्द्धनात्मक गतिविधि संचालन गरेका छन। पोखरा भ्रमण वर्ष २०२५ तथा २७ औं पोखरा सडक महोत्सवको प्रचार प्रसार एवं प्रवर्द्धनगर्ने उद्देश्यले गतिविधि संचालन गरेको व्यावसायीले बताएका छन। उक्त अवसरमा पूर्व क्षेत्रका आन्तरिक पर्यटकलाई पोखरा घुम्न बोलाएको व्यावसायीले बताएका छन्।

आरकेडी होल्डिङ्स उत्कृष्ट करदाता

आन्तरिक राजस्व कार्यालय पोखरा अन्तर्गत सबैभन्दा बढी कर दाखिला गर्ने करदाता आरकेडी होल्डिङ्स लिमिटेडलाई सम्मान गरिएको छ। सम्मानित यो कम्पनिले रियल स्टेट कारोबार गर्दै आएको छ।

सम्बन्ध त घाटैसम्मको हुनुपर्छ भन्नेहरूले...!

कहिले गला परानी कहिले सेरनी हुँदो रहेछ, कहिले कसम खाने कहिले फेरनी हुँदो रहेछ। सम्बन्ध त घाटैसम्मको हुनुपर्छ भन्नेहरूले, कहिले मक्खै पार्ने कहिले केरनी हुँदोरहेछ।

सम्झौता कि सङ्घर्ष ?

२०४६ सालको आन्दोलन सम्झौतामै टुंगिएको हो। २०५२ सालबाट सुरु भएको द्वन्द्व पनि २०६२ सालमा भएको १२ बुँदे सम्झौतामै टुङ्गियो। नेपालका मूलधारमा पुगेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रजस्ता पार्टी सम्झौतावादी भएकै कारण आज पनि अस्तित्वमा छन्।

तिहारको सौगात

रातभरि दिसा र बान्ता लाग्यो। अस्पताल नै भर्ना गर्नुपर्‍याे। उसकाे सुगर, प्रेसर, कोलेस्टर सबै हाई भएको डाक्टरी रिपोर्टले बतायो।

मनोरञ्जनको महाभोज: दसैँमा पर्दामा फिल्मको त्रिवेणी

हालका वर्षमा चाडपर्वका समयमा नेपाली चलचित्र हेर्ने दर्शकको रुचि बढ्दो छ। विशेषगरी पारिवारिक र सामाजिक कथावस्तुमा बनेका चलचित्रलाई दर्शकले मन पराइरहेका छन्।

पोखरा भन्छः पाहुनालाई खान बस्न समस्या छैन

होटल संघ पोखराले आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा घुम्न आउने आग्रह गरेको छ। जेनजी आन्दोलनका बाबजुत पनि पोखरा सुरक्षित रहेकोले पाहुनालाई घुमघाम, खानपिन र बसोबासमा कुनै समस्या नरहेको संघले बताएको छ। पोखरा सुरक्षित पर्यटकीय गन्तव्य रहेको भन्दै पाहुनाको स्वागतका लागि व्यावसायी तयार रहेको पनि संघले बताएको छ।

पर्यटन क्षेत्रलाई सरकारी आश्वासनः व्यवसाय टिकाउन सस्तो ब्याजमा कर्जा

जेनजी आन्दोलनले प्रभावित भएको पर्यटन क्षेत्रको मनोवल बढाउनेगरि सरकारले आर्थिक प्याकेज ल्याउने अर्थमन्त्री रामेश्वर खनालको आश्वासनपछि पर्यटन क्षेत्र हौसिएको छ। पर्यटन क्षेत्रले भोग्नुपरेको अहिलेको अप्ठेरोलाई सरकारले सम्बोधन गर्नेगरि अर्थमन्त्रीले आश्वासन दिएपछि आफुहरु आशावादी भएको पर्यटन क्षेत्रको भनाई छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्