१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला/साहित्य

यो आगोको भिख

कविता

प्रकृति प्रस्ताव गर्दै छ

रगत नबगेको नदी हेर्न

खतरनाक दुनिया छ अगाडि

ब्रेकिङ न्युज सुनाउन

भीषण दुःखमा छ नाम

छातीमा छ

प्रिन्ट भएको भगवान्

कहाँ बसेर कुर्छ जीवन

शब्द

आफैंलाई चिरेर खस्छ

प्रेमको रङ

प्रसन्न छ शत्रु

हतियार लिएकोमा

फैसलामा छ कालो मसी

आगोको हवालामा छ मन्दिर

शासकको लुट्दै सिंहासन

लुट्दै छ समय नेताको अन्तर्वस्त्र

चार वटा नाराले

लेख्दै छ जिन्दावाद

मुर्दावाद सहर

सहर सहरमा हिंसा

तोडफोड

नाराबाजी

सहर सहरमा

भ्रष्टाचारको कब्जा

सडक लेख्दै छ छातीमा विरोध

जमिन लिँदै छ अर्को शपथ

मन्दिर तोड्ने माग्दैन

माफीको भिख

विचार बोल्दैन

अवसरको दाबी छ सहरमा

भगवान् छ अर्को

अर्को सहरमा

देश पहरा माग्छ दिनको

इतिहास माग्छ मुजिबको सालिक

भूगोल माग्छ

युवाको नेपाल

हिमालमा देखिँदै छन् काला पत्थर  

झन्डा लिनेहरू सडकमा

सहरले पढेको छैन मेरो प्रेमपत्र

सही सास लिएको छैन सहरले

धुलो नपुछेको

सहिदको सालिक सडकमा छ

आह्वानको मेरो देवता

कुन बेलासम्म गर्छ

अब कसको रक्षा

यस बेला सहरले

बदनाम खाना खाएको छ

लास सडकमा छ

आएको छैन कोही

मलाई गोली हानेपछि

आफू निर्दोष भएको प्रमाण लिन

यस बेला कसैले

मौनता बेच्यो भने

भगवान् रिसाउँछ

कसैले मलाई 

लुटेको नारा सहरमा छ।

प्रकाशित: १२ पुस २०८२ १३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App