जमिनमा छन् चराहरू, अझै घाउ लागेका उड्न नसकेर को हल्लाउँदै छ विश्व यसबेला, इजरायल इरान गएर को हल्लाउँदै छ देश, बुद्धको समीप आएर
जनता सब, हराएका छन् सडकमा बाटो नपाएर।
यस बेला हामीले भन्नु हुँदैन, सहरको बत्ती गयो, ढुङ्गा बोक्नेहरूलाई सेलेब्रेट गर्न, कथा राख्दै छ हिरो सडकमा देवता छ भनेर ढुङ्गाको देशमा आँधी परेको छैन शब्दमा।
पशुपति मेरो राष्ट्रको सिटिजन हो, तिमीले कोरोनामा थुनेको, थुनामा परेको छ अझै दिन मैले हेरेको, किरातेश्वर पढिरहेछ यस बेला, नेपालको इतिहास र बुद्ध भनिरहेछ लेख्न अर्को इतिहास,मविरुद्ध उभिएको छ।