युद्धका चराहरू
मृत्युले मलाई हिजो के गर्यो,अनौठो छ, पछार्यो धर्तीमा, जहाँ सहरका यमराजहरू ‘आँ’ गरिरहेका थिए।

मृत्युले मलाई हिजो के गर्यो,अनौठो छ, पछार्यो धर्तीमा, जहाँ सहरका यमराजहरू ‘आँ’ गरिरहेका थिए।
फिक्सनमा राखेका हररहरू, हेर्दैछ सहर, भोकमा राखेका बालकहरू, अझै छन् सडकमा, आकाशले राखेका ताराहरूको उज्यालोमा, हेर्दै छु जमिनको रात।
जमिनमा छन् चराहरू, अझै घाउ लागेका उड्न नसकेर को हल्लाउँदै छ विश्व यसबेला, इजरायल इरान गएर को हल्लाउँदै छ देश, बुद्धको समीप आएर जनता सब, हराएका छन् सडकमा बाटो नपाएर।
यस बेला हामीले भन्नु हुँदैन, सहरको बत्ती गयो, ढुङ्गा बोक्नेहरूलाई सेलेब्रेट गर्न, कथा राख्दै छ हिरो सडकमा देवता छ भनेर ढुङ्गाको देशमा आँधी परेको छैन शब्दमा।
छातीको गोली झिक्दा, कति हुन्छ मेरो तौल, बोल्नुपर्छ अब गायकले, नझिक्दा कति जमिनको।
देश कता जान्छ, आशा छ त्यता जाँदैन, अर्को सडक छ, खुला छैन हायत सबैलाई, यो लोकतन्त्र होइन स्वागत भन्दैछ।
पशुपति मेरो राष्ट्रको सिटिजन हो, तिमीले कोरोनामा थुनेको, थुनामा परेको छ अझै दिन मैले हेरेको, किरातेश्वर पढिरहेछ यस बेला, नेपालको इतिहास र बुद्ध भनिरहेछ लेख्न अर्को इतिहास,मविरुद्ध उभिएको छ।
