२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

यो शब्दको प्रोफाइल

कविता

कोको छन् पाहुना यो सहरमा

कोको शिरमा हात पाएकाहरू

कोको छन् पाएकाहरू श्राप

गरिरहेछन् बुद्ध आफूलाई पाउन प्रतीक्षा

यो सहरमा फेरि?

कि आउन मन गरेका छैनन् कसैले

जनतामाथि जासुस गर्ने

सहरमा फेरि

बोल्न मन गरेका छैनन् पशुपतिले

को अनावरण गर्दै छ मूर्ति यस बेला

कोको प्रवेश गरे कसका शब्दमा

कोको प्रवेश गरे झोलामा

यो मनसुनमा गालीको वर्षा

उता पत्ता लाग्दै छ रावणको गाउँ

यता झोला बिक्री सहरमा

कि नपाएको हो खोज्नेले

पशुपतिको मौन उत्तर

घण्ट त बज्दै छ अहिले पनि

यस बेला हामीले भन्नु हुँदैन

सहरको बत्ती गयो

ढुङ्गा बोक्नेहरूलाई सेलेब्रेट गर्न

कथा राख्दै छ हिरो

सडकमा

देवता छ भनेर ढुङ्गाको देशमा

आँधी परेको छैन शब्दमा

बज्दै छ किन

सहर गर्दै छ ठट्टा यो रातसित किन

बाँकी छ

डेलिभर हुन मेसेज

छुटेका छन् धेरै अनुहारहरू

सहरको

यो व्यस्त क्रसरोडमा

भन्दै छ एउटा उभिएर सडकमा 

‘म आफैंले चोरेको हुँ

यो माटोले देखेको सपना’

चोरेको ऐनाले हेर्दै छ सहर

क्राइम ड्रामा

घण्टाघर बताउँदै छ शताब्दीको

फेल भएको समय

गह्रौं छ पसिना यो ग्रीष्मको

उठाउन ढुङ्गाका तौलहरू

साइरन बज्दै छ यस बेला

हराएका

मास्टरपिसको

यता पानी हालेर मर्न नदिएको फूल

त्यो पनि दिएन सहरले

सम्बोधन गरेर अपराधी

त्यो पनि भनेन देशले

उता प्यालेस्टिनी बच्चा एक्लो सडकमा

त्यो पनि भनेन विश्वले

इजरायल मेरो।

प्रकाशित: ३१ जेष्ठ २०८२ १२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App