हल्ला बढी भयो सहरमा
भूकम्प आएको छैन
चल्दै छ हावा बढी
बिनाउथलपुथल
नसोचेको घटना सिरानीमा छ सहरको
कमजोरहरू गन्दै छन् सपना
सडकमा गाडी कुदे पनि
बलियाहरू काट्दै छन् बाटो
बत्ती नबली हरियो
स्वर्गबाट आएका मान्छेहरू
कि गए स्वर्गमा फर्केर
हलचल अझै छ चर्को
जारी छ सन्देश
पढ्न बाँकी
कोको चाहँदै छन्
फर्कन इजरायल–इरानबाट
घाउ नलागीकन
घाउ लागेको सहरमा
पास भएको सहर हो कि यो
ज्योतिषहरू फेल भएको
देखाएका छैनन् वीरका सन्तान
सहरलाई कसैले
रिहा भएका छैनन्
मन्दिरअगाडि प्रार्थना गर्नेहरू
बोल्दै छ सडक
‘म बोल्छु’
भगवान् एकछिन तिमी नबोल
बाँकी छ विद्वानहरूले सत्य बोल्न
कुनकुन राशिमा छन्
केतुहरू राहु मङ्गल
चलेको छैन बागमतीमा राम्रो हावा
आएको छैन कोही
उठाउन सहरको सिनो
यस बेला को गर्दै छ फैसला
एउटा भन्दै छ मलाई नबेच
तातो हावा हान्दै छ झ्यालमा
त्रसित बनाएर कोठामा तस्बिर
बसेका छन् पर्खेर डिमान्ड कोको
कमान्ड
कोको छन् वार फ्रन्टमा
कोको छन् कन्सर्टमा
उठेका छैनन्
सुतेका सहरहरू यसबेला
‘हनी ड्यु’ खाएर
जमिनमा छन् चराहरू
अझै घाउ लागेका
उड्न नसकेर
को हल्लाउँदै छ विश्व यस बेला
इजरायल इरान गएर
को हल्लाउँदै छ देश
बुद्धको समीप आएर
जनता सब
हराएका छन् सडकमा बाटो नपाएर।
प्रकाशित: १४ असार २०८२ ११:५७ शनिबार



-600x400.jpg)

