२० मंसिर २०८२ शनिबार
image/svg+xml
कला/साहित्य

मनोरञ्जनको महाभोज: दसैँमा पर्दामा फिल्मको त्रिवेणी

<br>

दसैँको अवसर पारेर आज फूलपातीको दिनदेखि तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन्। प्रदर्शनमा आएका चलचित्रहरूमा ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ रहेका छन्।

चलचित्र ‘माइतीघर’ तामाङ संस्कृतिमा आधारित सामाजिक विषयमा निर्माण गरिएको हो। मिलन तामाङ निर्देशित यस चलचित्रमा केदार घिमिरे, उपासनासिंह ठकुरी, धिरज मगर र प्रकाश सपूतलगायत कलाकारले अभिनय गरेका छन्। निर्माता रोहित अधिकारीका अनुसार पुरानो ‘माइतीघर’ नाम र गीत जस्तै भए पनि यस संस्करण नयाँ परिवेशमा तयार पारिएको छ। जसले पुरानो मर्मलाई निरन्तरता दिने प्रयास गरेको छ।

‘हरिबहादुरको जुत्ता’ अभिनेता हरिवंश आचार्यमा केन्द्रित छ। टेलिशृङ्खला र रङ्गमञ्चमा दर्शकले चिनिसकेको हरिबहादुर पात्रलाई आचार्यले यस पटक चलचित्रमा उतारेका छन्। निर्देशक दीपेन्द्रकुमार खनाल निर्देशित यस चलचित्रमा स्वस्तिमा खड्का, प्रकाश सपूत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेललगायत कलाकारको अभिनय छ। पटकथा स्वयम् अभिनेता आचार्यले लेखेका हुन्। आचार्यका अनुसार चलचित्रले हरिबहादुर पात्रको भावनात्मक यात्रासँगै नेपालको सामाजिक–राजनीतिक अवस्थालाई पनि उजागर गरेको छ।

त्यस्तै, ‘बलिदान’ निर्माता सन्तोष सेनले निर्देशन गरेका हुन्। यस चलचित्रमा अभिनेता समीर भट्ट, ऋचा शर्मा, अर्पण थापा र अन्य कलाकारले अभिनय गरेका छन्। कथाभन्दा प्रस्तुतीकरणमा ध्यान दिइएको यो चलचित्रलाई विशेष बनाउन प्रयास गरिएको निर्माताको भनाइ छ।

हालका वर्षमा चाडपर्वका समयमा नेपाली चलचित्र हेर्ने दर्शकको रुचि बढ्दो छ। विशेषगरी पारिवारिक र सामाजिक कथावस्तुमा बनेका चलचित्रलाई दर्शकले मन पराइरहेका छन्। यही कारण दसैँलाई लक्षित गरी यी तीन चलचित्र प्रदर्शनमा ल्याइएको बताइन्छ।

प्रकाशित: १३ आश्विन २०८२ २०:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App