सम्झौता कि सङ्घर्ष ?
२०४६ सालको आन्दोलन सम्झौतामै टुंगिएको हो। २०५२ सालबाट सुरु भएको द्वन्द्व पनि २०६२ सालमा भएको १२ बुँदे सम्झौतामै टुङ्गियो। नेपालका मूलधारमा पुगेका नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रजस्ता पार्टी सम्झौतावादी भएकै कारण आज पनि अस्तित्वमा छन्।

