समाजको कुरूप ऐना देखाउने उपन्यासः रुइबा
पढी नसकी नछोडौंझैँ लाग्ने आकर्षक अभिव्यक्ति शैली, पात्र अनुसारको भाषाको लवज, तामाङ संस्कृतिका विशेषतासहितको यो उपन्यास वर्तमान नेपाली युवा समुदायमा देखिने अत्यन्त पीडादायक समस्याको समुद्घाटन हो जस्तो देखिन आउँछ ।

