उज्यालो भएदेखि घरमा बिहानी धन्दाको चटारो हुन्छ। दुई साना स्कुले नातिलाई नौ बजे स्कुल पुग्नुपर्छ। उनीहरू भात खाएर दिउँसोका लागि घरमै बनाएको खाजा लिएर जान्छन्। छोरालाई पनि अफिस दस बजे पुग्नुपर्छ।
ऊ पनि भात खाएर नै जान्छ। खाना खाजाको तयारी गर्न समय लाग्छ। मलाई पुजाआजा सकेर भान्सातिर पस्दा नौ बजिसकेको हुन्छ। बुहारीको पनि अफिस जान्छिन्। उनी १२ बजेदेखि तीन बजेसम्म नजिकैको मार्ट पसलमा सामान मिलाएर राख्छिन्। त्यसबाट कमाएको रकम तिमी नै खर्च गर भनेको हुनाले उनले सबै काम भ्याएकी छन्।
बुहारीले सबैतिर भ्याएर काम गरेको देख्दा सासूलाई माया लाग्छ। आफू पनि सकेको सघाइदिन्छिन्। वल्ला पल्ला घरे सबले भान्छामा सजिलै चाँडै पकाउन मिल्ने आजभोलि बजारमा पाइने वैज्ञानिक भान्छाका साधनहरू जस्तै राइसकुकर, मसला दाल पिध्ने मिक्सी, पानी तताउने जार आदि किनेर सजिलो पारेको देख्दा उनलाई पनि बुहारीको सजिलोका लागि त्यस्ता सामान ल्याउन पाए हुन्थ्यो जस्तो लाग्छ तर आर्थिक समस्या सबैको त्यस्तै हो। छोराको कमाइले केटाकेटी पढाउन ठिक्क हुन्छ भनेर चुप थिइन्।
उनी वृद्धभत्ता पाउँथिन्। तीन महिनाको एकै पटक पाउँदा केही रकम आउँथ्यो। आफूलाई औषािधमुलो किनेर बाँकी भएको नातिहरूको खाजाका लागि दिन्थिन्। नातिहरू खुशी हुन्थे।
आज उनी वृद्धभत्ता लिन कार्यालय गएकी घर फर्किदा ठूलो झोला बोकेर र्फर्किइन्। भान्छामा पसेर बुहारीलाई यो तिमीलाई चाँडो काम गरिदिने विज्ञानले बनाइदिएको सजिलो भान्छाकोठाका साधनहरू’ भन्दै झोला बुहारीलाई दिइन्। बुहारी अचम्म मान्दै समाएर खोलेर हेर्दा त्यसभित्र राइस कुकर, प्रेसर कुकर र पानी ताउने जग जस्ता भान्छाकाे सजिलो साधन देखेर खुशी भइन्।
प्रकाशित: २३ चैत्र २०८१ १३:०१ शनिबार