११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

नारायणी नदीमा डुबेर दुई दिदी-भाइ बेपत्ता

नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन्।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ स्थित ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर आज साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएको बताए।

“दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्”, उनले भने, “भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी आएको छ।”

बेपत्ता दुवै जनाको खोजी भइरहेको विष्टले जानकारी दिए। प्रहरीसँग गोताखोर नभएकाले आजको लागि खोजीकार्य रोकिएको र भोलि बिहानैदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ।

प्रकाशित: २६ चैत्र २०८१ २१:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App