२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

साफ फुटसल च्याम्पियनसिप : खेल तालिका सार्वजनिक

दक्षिण एसियाली महासंघ (साफ)ले साफ फुटसल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ।

साफले शुक्रबार बिहान खेल तालिका सार्वजनिक गरेको हो। थाइल्यान्डको राजधानी बैंककमा हुने सो च्याम्पियनसिप आगामी जनवरी १३ देखि २६ गतेसम्म आयोजना हुनेछ।

महिलातर्फको पहिलो खेल जनवरी १३ का हुनेछ जहाँ उद्‌घाटन खेलमा तीन खेल हुनेछ। दिनको पहिलो खेलमा मालदिभ्स र भारतबिच दिउँसो २ बजे हुनेछ दोस्रो खेल पाकिस्तान र भुटानबिच दिउँसो ४:३० मा हुनेछ।

त्यस्तै, दिनको अन्तिम खेलमा नेपाल र श्रीलंकाबिच प्रतिस्पर्धा हुनेछ। सो खेल बेलुका ७ बजे हुनेछ।

त्यस्तै, पुरुषतर्फको खेल जनवरी १४ देखि हुनेछ। पुरुषतर्फ उद्‌घाटन खेलमा श्रीलंका र भुटानले दिउँसो २ बजे प्रतिस्पर्धा गर्नेछन्।

भारत र बांग्लादेशबिच दिनको दोस्रो खेल ४:३० मा हुनेछ। त्यस्तै, पाकिस्तान र मालदिभ्स ७ बजे भिड्नेछन्।

नेपालले भने आफ्नो पहिलो खेल जनवरी १६ मा श्रीलंकासँग खेल्नेछ। नेपालले यसअघि नै दुवै टोलीको घोषणा गरिसकेको छ।

खेल तालिका हेर्नुस्

प्रकाशित: ११ पुस २०८२ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App