१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

गगनको प्रतिबद्धता: हिजो हिंसाकाे आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारबाट निकाल्छौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले देशमा निराशाको मुख्य कारण भ्रष्टाचार रहेको दाबी गर्दै नयाँ कांग्रेस भ्रष्टाचारविरुद्ध योद्धा बनेर आएको दाबी गरेका छन्। शुक्रवार कास्की कांग्रेसले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले यस्तो बताएका हुन्। 

‘अहिले सबैभन्दा ठुलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘करप्सन’ । भ्रष्टाचार विरुद्धको सबैभन्दा ठुलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो,’ सभापति थापाले भने, ‘जसको टाउकोदेखि पुच्छरसम्म प्रत्येक नेता एउटा संकल्प गरेर आएको छ । नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौँ ।’ 

भ्रष्टाचारकै कारण देशले आत्मविश्वास गुमाएको बताउँदै उनले पुनः आत्मविश्वास फर्काउने काम पनि कांग्रेसकै रहेको बताए। उनले भने, ‘अहिले देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ । समाजमा एउटा ठुलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ । यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो यसलाई सम्हाल्ने ।’

देशमा अहिले आगो लगाउने भन्दा सम्हाल्ने शक्ति चाहिएको पनि उनले बताए। ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई । त्यो कांग्रेस हो । हामीले मिलाउँछौँ, हामीले सम्हाल्छौँ’, सभापति थापाले भने ।

प्रकाशित: २३ माघ २०८२ १४:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App