राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले राजावादी अभियन्ता दुर्गा प्रसाईँलाई बिना सर्त रिहा गर्न माग गरेको छ । राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले फेसबुकमार्फत प्रसाईँलाई रिहा गर्न माग गरेका छन्।
‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईँलाई दुःख दिने नियतबाट पटक पटक पक्राउ गर्नु आश्चर्यको विषय हो,’ प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘राज्यले एउटा व्यक्तिमाथि प्रतिशोध साँध्नु अनुचित छ । प्रसाईँलाई बिना सर्त रिहा गरियोस् ।’
प्रसाईँलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
प्रकाशित: २३ माघ २०८२ १४:४६ शुक्रबार





