२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

दुर्गा प्रसाईं फेरि पक्राउ

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्।

नेपाल प्रहरीले उनलाई चोभर क्षेत्रबाट पक्राउ गरेको हो। शान्ति सुरक्षामाथि खलल पुर्‍याएको भन्दै उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।

यसअघि प्रहरीले प्रसाईंलाई माघ ५ गते पोखराबाट पक्राउ गरेको थियो। पक्राउ गरी उनलाई काठमाडौं ल्याइएको थियो भने माघ ६ गते हाजिर जमानीमा रिहा भएका थिए।

प्रकाशित: २३ माघ २०८२ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App