१९ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

हाम्रो पार्टी नेपालले उम्मेदवार आवेदन खुला गर्‍यो

हाम्रो पार्टी नेपालले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गरेको छ। पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै देशको स्वच्छ छवि र समृद्ध भविष्य निर्माणमा स्पष्ट मार्गदर्शन प्रस्तुत गर्न सक्ने व्यक्तिहरूलाई उम्मेदवारीका लागि आह्वान गरेको हो।

पार्टीका अनुसार खुला आवेदन दुई समूहका लागि माग गरिएको छ, प्रत्यक्ष तर्फ (पहिलो हुने निर्वाचन हुने) १६५ निर्वाचन क्षेत्र तथा समानुपातिक तर्फ ११० उम्मेदवार। प्रत्यक्षतर्फका उम्मेदवारमा निर्वाचन क्षेत्रमा जनसम्पर्क, जनताको विश्वास, संगठन निर्माण क्षमता तथा सामाजिक छवि प्रमुख मापदण्ड हुने बताइएको छ।

समानुपातिक तर्फका उम्मेदवारले सदस्यतासहित स्पष्ट रूपमा आफ्नो योगदान र परिचय प्रस्तुत गर्नुपर्नेछ। महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारु, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको वर्गका योग्य व्यक्तिहरूलाई आवेदन दिन विशेष आग्रह गरिएको छ।

आवेदन फाराम तथा आवश्यक कागजात पार्टीको केन्द्रीय कार्यालयबाट उपलब्ध हुनेछ। नेपाली नागरिकताको प्रतिलिपि र मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य गरिएको सभापति खगेन्द्र सुनारले जानकारी दिए।

प्रकाशित: ११ पुस २०८२ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App