नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजतन्त्र नफर्किने दाबी गरेका छन्।
पार्टीको कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राजा फर्काउने कुरा केवल दिवा सपना मात्र भएको बताए।
देश समाजवादी गणतन्त्रको यात्रामा अघि बढेको उल्लेख गर्दै उनले अब जनतालाई अलमलमा पार्ने काम गर्न नहुने बताए।
'कुनै पनि वादीको नाममा भएको आन्दोलनले मच्चाएको अराजकताले आम जनमानसमा त्रास सिर्जना गरेको छ,' उनले भने, 'अब पनि राजा फर्काउने कुरा दिवा सपना हो।'
प्रकाशित: २६ चैत्र २०८१ २१:१९ मंगलबार





