९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको गुजरातमा भूकम्पको धक्का महसुस

भारतको गुजरातस्थित कच्छ जिल्लामा आज (शुक्रबार) बिहान भूकम्पको धक्का महसुस भएको छ। भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रको तथ्याङ्कअनुसार भूकम्प ४.४ रेक्टर स्केलमा मापन गरिएको छ।

स्थानीय समयअनुसार बिहान करिब ४:३० बजे भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु कच्छ जिल्लामा २३.६५ उत्तर अक्षांश र ७०.२३ पूर्व देशान्तरमा जमिनमुनि १० किलोमिटर गहिराइमा थियो।

प्रारम्भिक जानकारी अनुसार अहिलेसम्म कुनै हताहत वा क्षतिको खबर आएको छैन।

तर बिहान सबेरै गएको भूकम्पले क्षेत्रका केही भागमा त्रास फैलाएको थियो। भूकम्पका कारण धेरै बासिन्दा सावधानी अपनाउँदै घर बाहिर निस्किएका थिए। कच्छ जिल्ला ‘अत्यन्त उच्च जोखिम’ भूकम्पीय क्षेत्रमा पर्छ, जहाँ मध्यम तीव्रताका भूकम्प बारम्बार आउँछन्।

प्रकाशित: ११ पुस २०८२ ०९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App