२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

सर्लाहीमा गगन थापालाई मतदाताले लगाइदिए १२५ किलोको माला

सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई स्थानीयले १ सय २५ किलोको माला लगाएर स्वागत गरेका छन्।

चुनावी अभियानका क्रममा सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने गोडैता नगरपालिकामा कांग्रेस सभापति थापालाई स्थानीय मतदाताहरूले १२५ किलोको माला लगाएर स्वागत गरेका छन्।

गोडैतास्थित मदरसामा आयोजित कार्यक्रममा मतदाताहरूले थापालाई फूलको मालाले स्वागत गरेका हुन्।

कार्यक्रम उनले संक्षिप्त रूपमा सम्बोधन गर्दै सर्लाही क्षेत्र नम्बर ४ मा शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले मधेशका समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको समेत आफू जनताको विश्वासलाई व्यवहारमा खरो रूपमा उतार्ने प्रतिबद्धता जनाए।

स्थानीयवासीहरूले पनि थापाको उम्मेदवारीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसपटक परिवर्तन र विकासको अपेक्षा गरेको बताएका छन्।  

कांग्रेस सभापति थापासँग रास्वपा तर्फका उम्मेदवार डाक्टर अमरेश सिह र एमालेका अमनिश यादवबिच कडा प्रतिस्पर्धा देखिएको छ।

प्रकाशित: ९ फाल्गुन २०८२ १९:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App