२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
निर्वाचन विशेष

खोटाङमा साढे ३ बजेपछि मतगणना सुरू हुने

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएकाे मतदानकाे मतगणना साढे ३ बजेदेखि सुरू हुने भएकाे छ।

जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार भर्खरै सम्पन्न सर्वदलीय बैठकले ३.३० पछि मतगणना सुरू हुने भएकाे छ।

निर्वाचनका लागि जिल्लाभर १३६ मतदानस्थल र दुई अस्थायी केन्द्रसहित १९७ मतदान केन्द्र निर्धारण गरिएकाे थियाे।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ १४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App