१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

तनहुँमा ढुङ्गाले लागेर एक्स्काभेटर चालकको मृत्यु

बन्दीपुर गाउँपालिका–४, विमलनगर चुनपहरा खण्डमा मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत कार्यरत एक्स्काभेटर चालकको मृत्यु भएको छ।

व्यास नगरपालिका–९ का ४० वर्षीय सुकबहादुर गुरुङको आज दुर्घटनामा परेर ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार अनुसार सडक आयोजनाको कामका क्रममा बिग्रिएको एक्स्काभेटर मर्मत गर्ने क्रममा भिरबाट खसेको ढुङ्गाले लागेर चालक गुरुङको मृत्यु भएको हो।

ढुङ्गाले लागेर घाइते भएका गुरुङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २६ चैत्र २०८१ २०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App