करदाता सेवा कार्यालय पाँचथरले प्रदान गर्ने सेवा अब ताप्लेजुङस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रदान हुने भएको छ।
कोलेनिकाले पत्रकार भेटघाट कार्यक्रममार्फत पान नम्बर सहितका कार्य सुचारु भइसकेको र अन्य कार्य अबको केही दिन भित्रै सुरु हुने जनाएको छ। कोष नियन्त्रक यमनाथ गिरीका अनुसार करदाता सेवा कार्यालय पाँचथरले प्रदान गर्ने सेवा लिन अब सेवाग्राहीले कोलेनिका ताप्लेजुङ गए पुग्छ।
पान नम्बर बनाउने, पान नम्बरलाई स्तर वृद्धि गरी भ्याटमा लैजाने, कर चुक्ता गर्ने, विलासिता कर असुलीको प्रक्रिया आरम्भ गर्ने, मदिराजन्य वस्तुको नियमन गर्ने सहितका सेवाहरू कोलेनिकाले प्रदान गर्ने गिरीले जानकारी दिए।
प्रकाशित: १२ पुस २०८२ १३:५६ शनिबार





