१४ पुस २०८२ सोमबार
image/svg+xml
खेल

विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने आइसिसी यु–१९ पुरुष विश्वकप क्रिकेट एसिया छनोट खेल्ने टोलीको घोषणा गरेको छ।

क्यानले आज नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो। सो टोलीमा अभिषेक तिवारी, नीरज यादव, साहिल पटेल, सिब्रीन श्रेष्ठ, रोशन विश्वकर्मा, दिलसाद अलि र दर्श सोनार छनोट भएका छन्।

त्यसैगरी सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिनप्रसाद शर्मा पनि छनोटमा परेका छन्।

माथिल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा नेपालले युएईसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। यी दुईबीचको खेल यही चैत ३१ गते हुनेछ।

नेपालले आफ्नो दोस्रो खेल आगामी वैशाख ३ गते हङकङसँग खेल्ने जनाइएको छ।

प्रकाशित: २६ चैत्र २०८१ २१:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App