६ फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

मेयर रनिङ शिल्डको लगातार चौथो विजेता बन्यो त्रियुगा

त्रियुगा नगरपालिकाले सञ्चालन गर्दै आएको ‘मेयर रनिङ शिल्ड’ यसवर्ष पनि साविककै विजेता त्रियुगा नमूना माध्यमिक विद्यालय गाईघाटले सुरक्षित गरेको छ । सदरमुकाम गाईघाटस्थित थरुहट उदयपुर रङ्गशालामा सोमबार सम्पन्न ‘चौथो त्रियुगा अन्तरमाध्यमिक विद्यालयस्तरीय मेयर रनिङ शिल्ड प्रतियोगिता ०८२’मा १२ स्वर्णसहित २६ पदक जित्दै त्रियुगाले शिल्ड सुरक्षित गरेको हो ।  

यसअघि लागतार ३ वर्ष प्रतियोगिता जितेर शिल्ड आफ्नो कब्जा गरेको विद्यालयले नगद लिएर शिल्ड आयोजकलाई फिर्ता दिएको थियो । यसवर्षको प्रतियोगितामा ११ स्वर्ण पदक जितेका त्रियुगाले ९ वटा रजत तथा ५ वटा काँश्य पदक हात पारेको छ ।

प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना स्थानसहित २ जना उत्कृष्ट खेलाडीको पुरस्कार पनि संस्थागत (निजी) विद्यालयले हात पारेका छन् । ११ स्वर्ण ४ रजत र १० काश्यसहित २५ पदकसहित प्याराडाईज बोर्डिङ गाईघाट उपविजेता बनेको छ भने क्यानभास एकेडेमी गाईघाटले ५ स्वर्ण, ११ रजत र ३ काश्य पदक पाएर तेस्रो स्थान सुरक्षित गरेको छ ।  

त्रियुगा नगर युवा तथा खेलकुद विकास समितिका अध्यक्ष कार्कीका अनुसार भलिबल, तेक्वान्दो, कराते, कबड्डी र एथलेटिक्ससहित पाँच प्रकारका खेलस्पर्धा भएको थियो । जहाँ ४० विद्यालयका विद्यार्थी सहभागी थिए।प्रतियोगितामा छात्रातर्फ सुरक्षा कार्की र छात्रतर्फ सुनिल कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

प्रकाशित: १४ पुस २०८२ २१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App