२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
खेल

नेपाल पुलिस र सिद्धार्थ सेकेन्डरी सेमिफाइलनमा प्रवेश

आयोजक नेपाल पुलिस स्कुल धरान रातो र सिद्धार्थ सेकेज्डरी स्कुल सुन्दरहरैँचा मोरङ कोशी प्रदेशस्तरीय अन्तरविद्यालय डीआइजी रनिङ् कप फुटबल प्रतियोगिताको सातौँ संस्करणको सेमिफाइनलमा प्रवेश गरेका छन् ।  

सोमबार सुनसरी खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा निधी सेकेन्डरी स्कुल विर्तामोड झापालाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइलनमा प्रवेश गरेको हो । खेलमा पहिलो हाफमा निदि स्कुल विर्तामोडका जर्सी नं. ७ का आदर्श मेचेले पहिलो गोल गरे । उनले पहलिो हाफको नवौं मिनेटमा गोल गरे ।  

यस्तै, नेपाल पुलिसका तर्फबाट पहिलो हाफमा जर्सी नं. ९ का उज्वल थापाले गोल गरे । उनले खेलको २४ मिनेटमा गोल गरे ।  दोस्रो हाफमा जर्सी नं. १० का समिर राई (क्याप्टेन) ले गोल गरे । उनले खेलको ४५ औं मिनेटमा गोल गरे । खेलको म्यान अफ दि म्याच समिर नै भए । उनलाई  प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले नगद एक हजार पाँच तथा मेडल प्रदान गरे ।

दोस्रो क्वाटरफाइलन खेलमा सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङ विजयी भएको छ । माउण्ट हर्मन एकेडेमी धरानलाई ट्राईबेकरमा ३–२ को गोल अन्तरले हराउँदै सिद्धार्थ स्कुल विजयी भएको हो । निर्धारित निर्धारित ३५–३५ मिनेटको खेलमा गोलरसहित खेल बराबरीमा टुंगिएपछि ट्राईबेकरमा सिद्धार्थका सेकेण्डरी स्कुल मोरङका जर्सी नं. ९ का एनिस राई, जर्सी नं १६ का निपेश तामाङ र जर्सी नं. ५ का कमल कार्कीले गोल गरे । जर्सी नम्बर ११ जेम्स देवान र जर्सी नं. १ का आयुष लिम्बूले गोल गर्न सकेनन् ।

माउण्ट हर्मन एकेडेमीको तर्फबाट जर्सी नं ९ का सुदिन तामाङले र जर्सी नं. १५ का प्रिन्स बिष्टले गोल गरे । यस्तै, जर्सी नं १० का सिकुम लावती, जर्सी नं. ४ का राजदिप तामाङ र जर्सी नं. २१ का सुवर्ण लोहनीले गोल गर्न सकेनन् । खेलमा सिद्धार्थ सेकेण्डरी स्कुलका जर्सी नं. १ का गोल रक्षक आयुष लिम्बू म्यान अफ दि म्याच घोषित भए । 

प्रकाशित: १४ पुस २०८२ २१:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App