१८ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

तिमी दरबार हुँदा म बेघरबार भएँ नि!

मुक्तक

१) मुक्तक

तिमी अखबार हुँदा म बेखबर भएँ नि

तिमी शहर हुँदा म गाउँघर भएँ नि

तैपनि गुनासो केही गर्दिनँ कसैलाई

तिमी दरबार हुँदा म बेघरबार भएँ नि।

२) मुक्तक

तिमी सँधै यादमा आउँछौ मेरो अनुमति बिना

आज किन सम्बन्ध तोड्यौ मेरो सहमति बिना

बुझ्नै सकिन मैले, तिम्रो प्रेम हो या तृष्णा

जिउँदै मरेको लाश हुँ बगाइदिनु दागबत्ती बिना।

३) मुक्तक

लजाएका तिम्रा ती झुकाएर अधरहरू

कतिले चाहन्छन् बोल्न जुधाएर नजरहरू

सजाउँछन् तिम्रो फोटो मुटुभित्र लुकाएर

जागे होलान् नसुती रातका ती प्रहरहरू।

४) मुक्तक

ऊबाहेक मलाई अरू कोही मन पर्दैन

यो कस्तो प्रेम हो उस्लाई म मन पर्दैन

रोशी झरना हौ तिमी, म पिएर अघाउँछु

अरू पानीमा नुहाएको मलाई मन पर्दैन।

प्रकाशित: १८ आश्विन २०८१ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App