११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

ग्रैमी अवार्डः टेलर स्विफ्टको ‘मिडनाइट्स’ लाई एल्बम अफ द ईयर

सङ्गित तर्फको विश्व प्रसिद्ध ग्रैमी अवार्ड २०२४ ले यस वर्षको बेस्ट ग्लोबल म्यूजिक एल्बमको अवार्ड भारतीय सङ्गितकार शंकर महादेवनको एल्बमलाई प्रदान गरिएको छ।

शंकर महादेवनको म्यूजिक ब्यान्ड ‘शक्ति’ को ‘दिस मूमेन्ट’ एल्बमलाई बेस्ट ग्लोबल म्यूजिक एल्बमको अवार्ड प्रदान गरिएको हो।

शक्ति ब्यान्डमा गिटारिस्ट जन म्याकलफलिन, तबला वादक उस्ताद जाकिर हुसैन र गायक शंकर महादेवन रहेका छन्।

यस्तै टेलर स्विफ्टको एल्बम ‘मिडनाइट्स’ लाई ईयर अफ दि एल्बमका लागि अवार्ड प्रदान गरिएको छ भने रिकर्ड अफ द ईयरको ग्रैमी अवार्ड माइली साइरसको ‘फ्लावर’ गीतलाई प्रदान गरिएको छ।

सङ्ग अफ द ईयरको अवार्ड बिली आइलिशलाई ‘व्हाट वाज आई मेड फर’ लाई प्रदान गरिएको छ भने बेस्ट पप सोलो परफमेन्सको ग्रैमी पनि माइली साइरस के ‘फ्लावर’ गीतलाई नै प्रदान गरिएको छ।

बेस्ट पप डुओको ग्रैमी अवार्ड सेजा–फिबी ब्रिजर्सको ‘घोस्ट इन मशीन’ लाई प्रदान गरिएको छ।

सङ्गित जगतको प्रतिष्ठित अवार्ड गै्रमी अमेरिकाको लस एन्जल्समा आयोजना गरिएको थियो। जसमा ९४ विधामा कलाकारहरूलाई सम्मानित गरियो।

प्रकाशित: २२ माघ २०८० ११:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App