६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
कला

ओहो! आवेश, आक्रोश, चिन्तन

चिन्तन

आत्मचिन्तनकै प्रसङ्ग। रचना रच्नुको अन्तर्य। अन्तर्य विचरण आफैभित्र अझ भित्रभित्र आफ्नै। सतहसम्मै आफूभित्र मनोरम, सम्मै अन्तरकुन्तर। भित्रभित्रै सयर गर्दा भइन्छ ज्योतित अन्तराल आफ्नै। आफ्नै अन्तरज्योति चमत्कारमय। सक्छ गर्न चमत्कार आफैमा।

चमक बराबर दीप्ति। दिप्त बराबर प्रफुल्ल पुलपुल्याइबिनाको आत्मभरण। आत्मपोषण बन्छ भरण आफ्नै। भरण भए भित्रभित्र आफ्नै। चाहिन्छ नै के र? यथेष्ट मगनमस्त हुनु आत्मघाती। तपार्इंलाई, हजुरलाई सबै–सबैलाई। चाहिँदो हुन्छ, हो नै निलोक मात्र लोकतन्त्रलाई नि त। हुन्छ विकल्प पनि सबै सबैका। चाहिन्छ सरासर पूर्ण नहोस्। आफैमा सबैका सर्वेसर्वा छैन कोही केही आफैमा! सहाराबिना सहायता टिक्छ नै के र ? टिकट प्रवेश पत्र मात्र! आफैले गर्नुपर्छ प्रवेश। भएर स्वचालित। चरन प्रथम मोहको। बन्छ आकर्षण।

आत्मचिन्तनकै प्रसङ्ग। रचना रच्नुको अन्तर्य। अन्तर्य विचरण आफैभित्र अझ भित्रभित्र आफ्नै। सतहसम्मै आफूभित्र मनोरम, सम्मै अन्तरकुन्तर। भित्रभित्रै सयर गर्दा भइन्छ ज्योतित अन्तराल आफ्नै। आफ्नै अन्तरज्योति चमत्कारमय। सक्छ गर्न चमत्कार आफैमा।

हेराई पुलुकपालुक नजरले। आँखाका भाका आँखाले। आँखाका भाका मौन भाषा। सबल, हुन्छ सार्थक सबल पनि। दुर्बलको लौरो। ढलपल पाइताला सहारा। टेक्दा अनि हेर्दा टेकेरै हुन्छ थाहा। थाहा बुटी भरलाग्दो हुन्छ। अनुभवी बुटी। पक्कापक्कीको। किन्तु, टेकेरै पाइन्छ थाहा। लुरो, दह्रो, लच्किलो आदि। दह्रो बनाउन पाइलाका पर्छ मन दह्रो। जति मन दह्रो, सारा अवयव दह्रो। सिकें आफ्नै मनसित भित्रभित्रै।

भरपर्दो आफैसित जति हुन्छ उति सारो, गार्‍हो पनि। गुरु थाप्नु आफै आफै सहज! हुन्छ के? सोधें, संवाद गरें आफैसित आफैले। खुरुखुरु आफैसित आफैले। जान्छ आत्मवाद विधि हुन्छ सरलतम विधि सहज पनि। गर्नु छ भलिभाँती संवाद आफैसित। आत्मविश्वास दिलाउँछ आत्म संवादले। भरलाग्दो भरिभराउ। भनौं भरिपूर्ण आत्मा घडा। ज्ञान घुसेपछि भन्छौं–घैंटोमा लाग्यो घाम उज्यालो।

तलास्दै पुग्दै चहार्दै पुगेछु बैंससम्मै यो। कमाएको छैन कतै कहीं। गलत फहमीका व्यवहार। झुटमुट अनि दुराचरण पनि। परमात्मा परमात्मासितै। हात राखेर मुटुको ढुकढुकीमाथि। छैन अधर्म, धरोधर्म भाकेर आत्मासित। छोड्नलाई छ नै के र!

सुकर्म अनि कुकर्म! लोक मूल्याङ्कन दुधको दुधपानीको पानी। भन्छन्, दुनियाँ त्यसैले लोक कल्याणकारी तन्त्र। मूल्याङ्कनलोककै। ताक परे तिवारी नभए गोतामे हुनु पर्‍या थाहा छैन। धरोधर्म यही कर्म, यही कुकर्म। परोइन तिर्न कुनै कुराको पर्म। सोझो पथ जीवनमार्ग। सार्थक–सार्थ। बक्छु आफ्नै स्वअर्थ बराबर स्वार्थ ! भवतिभवताम्–लोक कल्याणम्। हुन्छ, होओस्। सर्वलोककै स्वस्थहित, सहितम्, लोकनाथम्, सर्वलोककैनाथम्!

हो, मोहले उद्भव गर्छ। गर्छ नै बेलगाम। मोहका स्रोतद्वार ! भनौं मूलद्वार दुई नयननिधार मुनिका। चहार्छन् यत्रतत्र सर्वत्र। सूचना सम्बाहक सबतिरका रोकतोक नास्ति। बेरोकतोक चलायमान सर्वत्र एकछत्र। बिनासोधपुछ। मुताबिक इच्छा बराबर स्वेच्छा, स्वइच्छा। स्वेच्छा व्यभिचारी, दुराचारी अनिष्टकारी क्रियाकलाप।

तलास्दै पुग्दै चहार्दै पुगेछु बैंससम्मै यो। कमाएको छैन कतै कहीं। गलत फहमीका व्यवहार। झुटमुट अनि दुराचरण पनि। परमात्मा परमात्मासितै। हात राखेर मुटुको ढुकढुकीमाथि। छैन अधर्म, धरोधर्म भाकेर आत्मासित। छोड्नलाई छ नै के र!

विपरीत बन्छ सम्पूर्ण लोककै। सम्झन्छु चिम्लीचिम्ली आफ्नै आँखा दुई। बन्द गर्छु जब नयनजोडी, खुल्छ तेस्रो आँखाब्रह्म। विवेक ब्रह्म उजेलिन्छ। झलमल दशदिक्। अनायास यही त हो ब्रह्मविवेक। चेष्ठावान् प्राणी मात्र मानव। आत्मावान् प्राणी मात्रका शिरस्थ चेत पुञ्ज। अशोभनीय लाग्छ कुकर्म धारण यी चेतनावान्हरूलाई। एकल या समूहगत प्रयासमा। ठान्छ यो चेतका भित्री तहका तपका। श्वासप्रश्वासको तहअन्तरालदेखि अन्तरसम्मै। हरदम सदा निरन्तर, अविरल, नचुकिएर नचुहेर। चुहुनु विचलन नचुहीकन हुनै सकिन्न विचलन।

हो, मोहले उद्भव गर्छ। गर्छ नै बेलगाम। मोहका स्रोतद्वार ! भनौं मूलद्वार दुई नयननिधार मुनिका। चहार्छन् यत्रतत्र सर्वत्र। सूचना सम्बाहक सबतिरका रोकतोक नास्ति। बेरोकतोक चलायमान सर्वत्र एकछत्र। बिना सोधपुछ। मुताबिक इच्छा बराबर स्वेच्छा, स्वइच्छा। स्वेच्छा व्यभिचारी, दुराचारी अनिष्टकारी क्रियाकलाप।

नचुहुनु अविचलन। अविचलन नैरन्तर्य। मगनमस्ती। एकमन–एकमना। एकमना धुन लागेपछि लाग्यालाग्यै ! साराका सारालाई अँठ्याउन नसकूँला। अँठ्याई राखुँ चेतधारी यस अवतारका आत्मालाई आफैले। झल्यासिन्छ भित्रभित्र आफैमा। चेतना मनगढन्ते हुन्न। अन्तरज्योति आफैभित्रको। ज्योतिर्मय शिवलिङ्गम्! शवलिङ्ग ठिक विपरीत ध्रुव। उत्तर–दक्षिणजतिकै !

शिवलिङ्ग पूजनीय, पूज्य पूज्य ! सर्वव्यापी। व्यापक सर्वत्र ! विशेषतः त्यहाँ त्यहाँ, जहाँ छन् पूर्वीय हिन्दु दर्शन, ज्ञान–विज्ञान छन्। विद्यमान अजर अमर। पर्यन्त–सत्य, त्रेता, द्वापद, पर्यन्त कलियुग। जसमा, जहाँ जीवित अनि जीवन्त छौं हामी। बाँच्छौं, बचाउँछौं, सम्हाल्दै, स्याहार्दै।

 परन्तुसम्म टिक्छ टिकोइन अनिश्चित, ढुकचुक ढलमल! संहात्मक होइन, प्रसङ्ग यो। उहिले उहिल्यै रसिया एक ढिक्का छँदा चेर्नोभिल विस्फोट मच्चिँदा त्रसित भएँ। तन्नेरी युवा भयभित भएथें आफै। सन् १९८० तिर भाषा प्रशिक्षणरत रहँदा त्रसित भएर कामेको थरथर ताजाताजै अझै, जस्तातस्तै उस्तै। खेप्न सकोइन हुँदाहुन् बैंसमा यो ! शारीरिक मानसिक सन्तुलन ढलमल ढलमलिँन्दा रै’छन्। सिक्दै छु आफैसित। कतिकति भाकी रा’छु नढाँटी। सिक्ने क्रम टुट्दो रहेनछ जिज्ञासुलाई।

पशुपति महादेवको जलधरीमा आधा किलो सुन गायब ! लहर लहराएको भेलबीच लेखनी चोप्दा थेग्न सकिँदो हो? प्रसङ्ग प्रसङ्गकै। होइनन् कताकताका, दन्त्यकथाका प्रसङ्ग। कवाडे। समाज हाम्रै विशुद्ध वाग्मती–बाघमुखी किनारावस्थित भोलेनाथ–पशुपतिनाथ। बाघद्वारबाट बग्दो वाग्मती कालान्तर भएर। वाग्मती भए जीवनयात्रामा चोलापर्यन्त।

गर्नु छ भलिभाँती संवाद आफैसित। आत्मविश्वास दिलाउँछ आत्म संवादले। भरलाग्दो भरिभराउ। भनौं भरिपूर्ण आत्मा घडा। ज्ञान घुसेपछि भन्छौं–घैंटोमा लाग्यो घाम उज्यालो।

अहो यो! आफैभित्रको तलास तलासिँदै आइपुगें द्वार। पाठक महानुभावउद्धार। नहिचकिई भररत्तिनी। प्रभुद्वार–पशुपतिकिनार! मानवचोलाकै अन्तिम उद्धार! त्रिकोणात्मक चन्दनयुक्त चितामाथि दाहसंस्कार। आर्यघाट हाम्रा अन्तिम संस्कार ! त्याग तपस्याका संकल्पधाम! रामनाम जयधाम! अस्ताउँदा ज्योतित, ज्योतित जीवन घाम! श्वासप्रश्वासयुक्त शारीरिक जीवनको अवसान संगैका अन्तिम विश्रामधाम, पशुपतिधाम। सार्वजनिक मङ्गलजीवनका साम! परमधाम! रामनाम!

शिवलिङ्ग–महादेवका त्रिनेत्र बक्छन् पूर्वीय जीवनदर्शन हाम्रै। अम्भरि कम्मर कसेर! विश्वासका साथ आत्मा साक्षी राखेर। आत्मा साक्षी राखेर भन्नु लाग्छ–अम् भरेरै। अम् भरेर भन्नु, बिनाअहम्कार, मुक्तद्वेश, हितचित्तलोकको! लोककै तन्त्र–लोकतन्त्र। किन्तु, वर्तमान सदाकालीन रहेन। तत्कालीन वर्तमान भए निवर्तमान! निवर्तमान मेरा भूतकाल बनिसके। ब्युँताउन सक्दैनौं कसैगरी हामी। आजको जीवन भोलिको विगत। विगत भन्नु बितिसकेका। करोडौं करोड बिते यसै त्यसै। यो क्रम जारी छ, रहने छ निरन्तर, रहुन्जेल भूतल, खगोल भित्रभूतल।

अहिलेसम्मका वर्तमान विज्ञान र प्रविधिले भेट्टाउन सकेका छैनन्। ब्यास, नभको लम्बाइ, चौडाइ, गहिराइ। निराश भने हुनु छैन जीवन। आशावादी जीवन! उत्सर्गमय लोक, चहार्छ दिगन्त। आएकै हो दिगन्त पुर्खाले। नथाकीकनै यहाँसम्मै निरन्तर, अनवरत! किन पो थाक्नु। थाक्नु कहीं, अनि। चस्स चस्काइ छोएथें छुस्स छोएर। शिवलिङ्ग र जलधरी! लिङ्ग त लिङ्ग नै भए, रहे। नग्न, नाङ्गो, स्पष्ट, यथार्थ! निर्लज्ज, भोलेबाबा, लठाबज्र महादेव! हुन सक्छ अनेक कारण अनि कारकतत्वबीच एक लापर्बाही, ताण्डवी चाल–बुर्लुकबार्लुक।

सम्झन्छु चिम्लीचिम्ली आफ्नै आँखा दुई। बन्द गर्छु जब नयनजोडी, खुल्छ तेस्रो आँखाब्रह्म। विवेक ब्रह्म उजेलिन्छ। झलमल दशदिक्। अनायास यही त हो ब्रह्मविवेक।

उफ्राइ गति–मादक चाल। पार्वती त सत्यवती, संयमी। शिलाशिल्पकारले प्रदर्शन गरे मूर्त रूपमा अमूर्त कलाका देन–जलधरी। अमूर्तताभित्रका मूर्तकला! जलधरी मूर्त– स्पष्ट! तर पनि श्लील। छेस्को पनि भेटिन्न अश्लीलपन लिलभर रत्ति। कलाकारिताका बेजोड नमुना प्रदर्शन! मूर्तताभित्रको अमूर्त तर जीवन्तकथा! आवेश, आक्रोश शान्त हुन्छ, हुँदो छ। चिन्तनभरि एकाग्र!

प्रकाशित: ३० असार २०८० ०१:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App