२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml २:१७ पूर्वाह्न
राजनीति

पूर्वराजा ज्ञानेन्द्र लक्षित गगन: ‘मिल्काइसकेको पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै विगतमा थन्काइसकेका पात्र र विषयमा छलफल गरेर समय खेर फाल्न नहुने बताएका छन्।

शनिबार बाह्रखरीले काठमाडौंको गोकर्णमा आयोजना गरेको ‘एनसेल–बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा सम्बोधन गर्दै उनले अबको दशक सूचना प्रविधि (आइटी) को विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

महामन्त्री थापाले राजतन्त्रलाई ‘नचाहिने र थोत्रो’ भन्दै गइसकेका कुरामा बहस गर्नुको सट्टा आइटी क्षेत्रका जनशक्ति पाँच गुणा र तलब तीन गुणा बढाउने, पूर्वाधार विस्तार गर्ने जस्ता विषयमा छलफल जरुरी रहेको सुनाए।

“२०८०–९० को दशकमा हामीले कीर्तिपुरको डाँडामात्र होइन, अन्य ठाउँमा पनि दुई–चार लाख कमाउने अवस्था बनाउन सक्छौँ,” उनले भने, “यो सम्भावना छ, तर सोच र गति बढाउनुपर्छ। हाम्रो गति अझै पुगेको छैन।”

उनले अर्थतन्त्रमा चुनौती देखिएको बेला आइटी क्षेत्रले आशा जगाएको उल्लेख गर्दै यसमा नेपालका लागि ठूलो अवसर रहेको बताए।

कार्यक्रममा थापाले सरकार र निजी क्षेत्रको सहकार्यबाट आइटी क्षेत्रको सम्भावना उपयोग गर्नुपर्नेमा जोड दिँदै यो दशकलाई अवसरका रूपमा लिन आह्वान गरे।

प्रकाशित: २३ चैत्र २०८१ १७:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App