२७ पुस २०८२ आइतबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य घट्यो

विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ। बुधबारको तुलनामा बिहीबार सुन तोलामा रु ४०० र चाँदीमा रु २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु ८०० र रु ५० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९४ हजार ७०० सोही परिमाणको चाँदीको मोल रु दुई हजार १५० निर्धारण भएको छ। बिहीबार प्रतितोला सुन रु एक लाख ९५ हजार ५०० र चाँदी रु दुई हजार २०० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

प्रकाशित: ६ असार २०८२ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App