चिनियाँ सहरसँगको हवाई सञ्जालले हौसियो पोखरा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार एकैपटक सेड्यूअल र चार्टर गरि दुइ अन्तर्राष्ट्रिय उडान भए, ती दुवै उडान चिनियाँ सहरका लागि भएका थिए। पछिल्लो समय पोखराले चिनियाँ पाहुना भित्र्याउने प्रयास थालिरहँदा सुरु भएका अन्तर्राष्ट्रिय हवाई उडानले पोखराको पर्यटन क्षेत्र हौसिएको छ। चिनियाँ पर्यटक भित्र्याउन सकेको खण्डमा पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा ‘भाइब्रेट’ आउने व्यावसायीको विश्वास छ।