निष्क्रिय हुनबाट जोगिए प्रतिस्थापन विधेयक, दुवै सदनबाट पारित
सोमबार प्रतिनिधिसभाले पारित गरेर सन्देशसहित पठाएका पाँच प्रतिस्थापन विधेयक राष्ट्रियसभाले एकैदिन छलफल गरेर सन्देशसहित फिर्ता पठाएको थियो । प्रतिनिधि सभाको दोस्रो बैठकमा सोमबार नै सन्देशसहित फिर्ता भएका ती विधेयक प्रस्तुत भएका थिए ।