चीनमा पोखरा प्रर्वद्धनः एकसय बढी व्यावसायी जुट्दै
चिनियाँ पर्यटक लक्षित गर्दै पोखराका पर्यटन व्यावसायीले चीनका विभिन्न सहरमा प्रर्वद्धनात्मक अभियान संचालन गर्ने तयारी थालेका छन्। पोखरेली पर्यटन व्यावसायीको जम्बो टोली प्रर्वद्धन अभियान लिएर चीन जाने तयारी गरेको हो। यति ठूलो आकारमा व्यावसायी सहभागि भएर चीनमा पर्यटन प्रर्वद्धन गर्न थालेको यो नै पहिलो हुने व्यावसायीले बताएका छन्।