४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिकी सेना किन उपल्लो मुस्ताङ वा मनाङमा अभ्यास गर्न खोज्दैछ?

तर अमेरिकी सेनाले यस्तो तालिम नगरकोट र छाउनीमा मात्र नभई उपल्लो मुस्ताङ वा मनाङमा गर्नुपर्ने प्रस्ताव गर्दै आएको छ।

मुस्ताङमा बौद्ध विश्वविद्यालयः एमाले अध्यक्ष ओलीलाई आफ्नै कार्यकर्ताको जवाफ, सके सहयोग गर्नुहोस् नसके आँच नपुर्याउनु

सामाजिक सञ्जाल फेसवुकमा गण्डकी प्रदेशसभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘मेरो अनुरोध अध्यक्ष कमरेड लगायत सबैमा, यो हाम्रो मुस्ताङको आवश्यकता इतिहासले सजाएको, हामी सबैलाई चाहिएको परियोजना हो।’

उराठलाग्दो हिमाली भेग (फोटो फिचर)

यो सिजनमा हिउँ परेन, पानी पनि परेन। अघिल्ला वर्ष हिउँ र पानी पर्दा उच्च हिमाली भेग केही रसिलो देखिन्थ्यो, उच्च हिमाली भेगको फेदीसँँम्म सेतै हिउँ जमेको हुन्थ्यो। तर, अहिले अवस्था फरक छ। उच्च हिमाली भेगको सबैतिर उराठ लाग्दो देखिन्छ। अरुबेला सेताम्य देखिने हिमाली चुचुरा पनि कालै देखिन्छन्। हरियाली कतै देखिन्न। सबैतिर फुस्रो मात्र देखिन्छ। उच्च भेगमा कालापत्थर मात्र देखिन्छ। हावा चलिरहदाँ धुलो पनि उत्तिकै उडिरहेको छ।

एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटक

सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ।

मुस्ताङका योगेश भन्छन्: अग्रजसंगको अनुभवलाई पनि समायोजन गर्ने हो

मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस उम्मेदवार योगेश गौचनले नयाँ पुस्तालाई अघि बढाउने गरि अबको राजनीतिलाई गति दिने बताएका छन्। अग्रजसँगको अनुभवलाई पनि आफ्नो कार्यकालमा समायोजन गर्दै अगाढि बढ्ने उनले बताए। निर्वाचनमा कांग्रेसको तर्फबाट जित हासिल गर्दै गौचनले नै खाता खोलेका हुन्।

मुस्ताङका २९ वर्षिय योगेश प्रतिनिधि सभामा निर्वाचित

नेपाली काँग्रेसका २९ वर्षिय योगेश गौचन मुस्ताङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। सोमबार मतगणनाको परिणाम अनुुसार उनले ६९ वर्षिय एमालेका निवर्तमान प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका हुन्।

मुस्ताङ र मनाङमा ५० प्रतिशत भन्दा बढी मत खस्यो

हिमाली जिल्लामा ५० प्रतिशत हाराहारीमा मत खसेको त्यहाँका निर्वाचन अधिकारीले बताएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा ५१ प्रतिशत र अर्काे हिमाली जिल्ला मनाङमा ५५ प्रतिशत हाराहारीमा मत खसेको निर्वाचन अधिकारी बताएका छन ।

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जाने

'मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ', उनले भने, 'राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ।'

मुस्ताङमा ६० करोडको स्याउ

हिमाली जिल्ला मुस्ताङ स्याउ उत्पादनका लागि विशेष क्षेत्र मानिन्छ। त्यहाँको स्याउ देशभर प्रख्यात छ।

डेंगी ७७ वटै जिल्लामा फैलियो

सबैभन्दा बढी कास्कीमा ३२१ जनामा संक्रमण देखिएको छ। त्यस्तै गोरखामा १२२, तनहुँमा १२१, पर्वतमा ९२, स्याङजामा ८०, लम्जुङमा ६४, बागलुङमा ६२, नवलपुरमा २८, म्याग्दीमा २४ र मनाङमा २ जना बिरामी फेला परेका थिए।

क्या राम्रो स्याउबारी (फोटोफिचर)

‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ एक बेलाको चल्तीको गीत हो। त्यही गीतले भने झैं यतिबेला मुस्ताङको मार्फा सहित आसपासका गाउँ स्याउ पाकेर राताम्य भएका छन्। बगैंचामा टिपेको स्याउ थुप्रो लगाइएको छ। किसान स्याउ टिप्न व्यस्त छन्। व्यवसायी टिपेका स्याउ बजार झार्न उत्तिकै लागिपरेका छन्।

मुस्ताङको गुनासो: ‘पर्यटन सस्तो भयो’

कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको स्थानीयको गुनासो छ।

मुस्ताङको गुनासोः खानाको पैसा तिर्छाैं, सित्तैमा कोठा देउ भन्ने विदेशीबाट पर्यटन प्रवर्द्धन हुँदैन

पछिल्लो समय मुस्ताङले पर्यटक टिकाउन सकेको छैन। मुस्ताङ उक्लेका पर्यटकको बसाई अवधि निकै नै कम हुने गरेको छ। अझ मुक्तिनाथ दर्शन गर्न पुगेका धार्मिक पर्यटकको बसाई त झनै कम हुने गरेको छ माथिल्लो क्षेत्रमा पुगेका बाहेक धार्मिक पर्यटकको बसाई अवधि मुस्ताङमा बढीमा एकरात मात्र हुने गरेको त्यहाँका स्थानीयको भनाई छ।

जहदा सेमिफाइनलमा

बुधबार राति सम्पन्न खेलमा जहदाले विराटनगरको हाटखोला भेट्रान क्लबलाई टाइब्रेकरमा ५–३ गोलमा हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। दुवै टोलीमा राष्ट्रिय खेलाडीदेखि ‘ए’ डिभिजन क्लबबाट खेलेर नाम चर्चा कमाएकाहरु थिए।

फराकिलो गोल अन्तरले विजयी हुँदै हाटखोला क्वाटरफाइनलमा

सोमबार राति भएको खेलमा हाटखोलाले आयोजकलाई १० को फराकिलो गोल अन्तरम पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्