४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सेमिफाइनलको यात्रामा सिद्राहा

विराटनगरमा जारी मुस्ताङ विराट मेघा भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा सिद्राहा भेट्रान क्लब प्रवेश गरेको छ।

मुस्ताङ गल्फः हाईअल्टिच्युड गल्फ उपाधि तामाङ र सिंहलाई

‘टप अफ दि वल्र्ड गल्फ क्लासिक’ प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन्। विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन्।

शनिबार मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

शनिबार ४६४५ मिटर उचाइको ‘मुस्ताङ गल्फ कोर्ष’मा वल्र्ड क्लासिक गल्फ प्रतियोगिता हुँदैछ। ९ होलको कोर्ष तयारी अवस्थामा छ। नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले कोर्षको ग्रीनलाई ‘फाइनल टच’ दिँदै छन्।

लोमन्थाङमा पहिलो चक्लाबन्दी

माटोको शहर मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा धेरै जग्गा बाँझो छ। गाउँमा युवा जनशक्ति छैन। सिंचाई सुविधा पर्याप्त छैन्। खाली र बाँझो जग्गामा सिंचाई पुर्‍याउने ध्येय गाउँपालिकाको छ।

तारा एयर दुर्घटनाः अहिलेसम्म १५ जनाको शव फेला

पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका १५ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन् ।

लोमान्थाङको ‘तिजी’ मा विदेशीको भीड

हिमाली जिल्ला मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङमा पछिल्लो दुई वर्ष यताकै यतिबेला सबैभन्दा बढी भीड छ। त्यो भीडभाड गाउँलेको नभई त्यहाँ पुगेका पाहुनाको हो। पाहुना पनि आन्तरिक मात्र नभई विदेशी पनि उत्तिकै छन्। शुक्रबारदेखि त्यहाँ तिजी पर्व सुरु भएको छ। तीन दिन चल्ने पर्वमा यो पटक विदेशी पाहुनाको उल्लेखनीय सहभागिता रहेको स्थानीयले बताएका छन्।

मुस्ताङमा जौ भित्र्याउने चटारो (फोटो फिचर)

सहरतिर चुनावी चर्चा अझै चलिरहेको छ। तर, हिमाली जिल्ला मुस्ताङका बासिन्दा भने यतिबेला जौ भित्र्याउनमा व्यस्त छन्। चुनाव सकेर गाउँलेहरु पूर्ण रुपमा कृषि कर्ममा फर्केका छन्।

मुस्ताङको मार्फामा सुख्खा पहिरो खस्दा वातावरण धुमिल (फोटोफिचर)

मानवीय जोखिम नदेखिएपनि प्राकृतिक विपत्तिको प्रकोप बढ्दै गएकोप्रति स्थानीय बासिन्दा त्रसित छन्।

मुस्ताङको थासाङमा फेरि हिमपहिरो

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ । टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पु¥याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।

हिमपातले मनाङ र मुस्ताङमा आउजाउ नै रोकियो

अधिक हिमपातले हिमाली जिल्लाको जनजीवन सकसपूर्ण बनेको छ। हिमाली जिल्ला मनाङमा हिमपातपछि हिमपहिरो झर्दा एकजना स्थानीय बेपत्ता भएका छन। मुस्ताङमा भने धार्मिक पर्यटकीय गन्तव्य मुक्तिनाथसम्म पनि उक्लिन नसकिने गरि भीषण हिमपात भएको छ। हिउँ नपग्लेसम्म मुक्तिनाथ पुग्न नसकिने स्थानीय प्रशासनले बताएको छ।

भारी हिमपातले हिमाली जिल्लामा सकस

सिजनको पहिलो हिमपातले हिमाली भेगको जनजीवन प्रभावित भएको छ। सबैजसो उच्च हिमाली भेगमा भीषण हिमपात भएको त्यहाँका स्थानीयले बताएका छन्। हिमपात र वर्षाका कारण ती ठाउँमा चिसो पनि अधिक बढेको छ।

मनाङ र मुस्ताङको तापक्रम माइनस १५ सम्म

अधिक चिसोले हिमाली जिल्लाका बासिन्दाको बसोबास प्रभावित बनेको छ। हिमाली जिल्ला मनाङ र मुस्ताङको माथिल्लो भेगको तापक्रम अहिले माइनस १५ डिग्रीको हाराहारीमा पुग्ने गरेको छ।

खोप हिमालतिर, बालबालिका सहरतिर

कोरोना विरुद्धको खोप लगाउने लक्षित समुहका किशोरकिशोरी (१२ देखि १७ वर्ष) अधिक चिसोका कारण जिल्लाबाहिर गएपछि हिमाली जिल्लाका कतिपय स्थानीय तहमा खोप कार्यक्रम संचालन गर्न नसकिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएका छन्। किशोरकिशोरी लक्षित खोप अहिले हिमालतिर उक्लिँदा खोप लगाउने समूह भने सहरतिर झरेका छन्।

मुस्ताङमा हिमपात

गएरातिदेखि मुस्ताङमा हिमपात सुरु भएको छ। म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात सुरु भएको स्थानीय बासिन्दाले बताएका छन्।

मुस्ताङमा स्याउ उत्पादन बढ्यो

मुस्ताङमा गत वर्षको तुलनामा नौ प्रतिशतले स्याउ उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। कार्यालयका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्ष पाँच हजार १०० मेट्रिकटन स्याउ उत्पादन भएको मुस्ताङमा यस वर्ष पाँच हजार ५६४ मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्