७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुस्ताङमा बौद्ध विश्वविद्यालयः एमाले अध्यक्ष ओलीलाई आफ्नै कार्यकर्ताको जवाफ, सके सहयोग गर्नुहोस् नसके आँच नपुर्याउनु

क्याप्शन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेशसभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे जवाफ फर्काएका छन्।

विष्टले एमाले अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाएका हुन्।पढेको र बुझेको सबै यथार्थ नहुने बताउदै अध्यक्ष ओलीको भनाईप्रति असन्तुष्टि जनाउँदै विष्टले भनेका छन, ‘मुस्ताङमा विश्वविद्यालय आवश्यक छ। त्यहाँ विश्वविद्यालय बनाउँदैमा चीनबिरुद्ध गद्दारी हुँदैन।’  

यसअघि एमाले अध्यक्ष ओलीले मुस्ताङमा विश्वविद्यालय बनाएर प्रचण्डले चीनबिरुद्ध गद्दारी गरेको आरोप लगाएका थिए। उनले मुस्ताङमा बौद्ध विश्वविद्यालय आवश्यक नरहेको अभिव्यक्ति दिएका थिए।

सोही विषयलाई लिएर सामाजिक सञ्जाल फेसवुकमा विष्टले ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘मेरो अनुरोध अध्यक्ष कमरेड लगायत सबैमा, यो हाम्रो मुस्ताङको आवश्यकता इतिहासले सजाएको, हामी सबैलाई चाहिएको परियोजना हो।’ उनले यो परियोजना सफल बनाउन मुस्ताङबासी लागेको उल्लेख गर्दै यसबिरुद्ध सहयोग गर्न ओलीलाई आग्रह गरेका छन्।

विष्टले अगाडि लेखेका छन्, ‘सके सहयोग गर्नुहोस् नसके आँच नपु¥याउन तथा यो विषयलाई राजनीतिक नबनाउन सबैमा अनुरोध गर्दछु।’ 

ओलीको अभिव्यक्तिले आफू र आफूजस्ता कार्यकर्तालाई असहज महसुस भएको बताउँदै यसले पार्टीलाई भविष्यमा असर गर्ने चेतावनी दिएका छन्। उनले ओलीलाई भनेका छन्, ‘तपार्इंको अभिव्यक्तिले हामीलाई असहज महसुस भएको हुँदा विशेषगरी हाम्रो गौरवशाली पार्टी नेकपा एमाले मुस्ताङको भविष्यमाथि समेत चुनौती थप्ने र प्रश्न उठ्ने भएको हुँदा यसबारे तपाईको ध्यानाकर्षण गर्न बाध्य भएको छु ।’

प्रकाशित: २१ फाल्गुन २०७९ १२:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App