८ वैशाख २०८१ शनिबार
राजनीति

मुस्ताङका योगेश भन्छन्: अग्रजसंगको अनुभवलाई पनि समायोजन गर्ने हो

जित हात पारेपछि विजयी र्‍याली मनाउँदै कांग्रेस उम्मेदवार योगेश गौचनसहित। तस्बिरः नागरिक

मुस्ताङबाट प्रतिनिधिसभामा निर्वाचित कांग्रेस उम्मेदवार योगेश गौचनले नयाँ पुस्तालाई अघि बढाउने गरि अबको राजनीतिलाई गति दिने बताएका छन्। अग्रजसँगको अनुभवलाई पनि आफ्नो कार्यकालमा समायोजन गर्दै अगाडि बढ्ने उनले बताए। निर्वाचनमा कांग्रेसको तर्फबाट जित हासिल गर्दै गौचनले नै खाता खोलेका हुन्।  

जनतासँग बसेर मुस्ताङका बासिन्दाको मागको आधारमा आफुले काम अघि बढाउने उनले बताए। ‘जनताको मागको आधारमा काम गर्ने हो। अहिले नै यही काम गर्न भनेर घोषणा त गरेको छैन। तर, जिल्लाबासिको मागलाई पनि हेर्नुपर्छ,’ उनले भने, ‘हिमाली जिल्ला भएकोले धेरै काम गर्नुपर्ने छ।’

नेपाली काँग्रेसका २९ वर्षीय योगेश मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले खसेको ७ हजार २ सय ३० मत मध्ये ३ हजार ९ सय ९२ मत पाएका छन्। सोमबार मतगणनाको परिणाम अनुसार उनले ६९ वर्षीय  एमालेका निवर्तमान प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पराजित गरेका हुन्।

प्रकाशित: ५ मंसिर २०७९ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App