क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप ल्याइयो
‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी)खोप ल्याएको छ।
‘एचपिभी’ खोप लागि ग्लोबल एलायन्स (गाभी) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी)खोप ल्याएको छ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। कात्तिक महिनायता निकुञ्जको नवलपरासी क्षेत्रमा गैंडाको आक्रमणमा परी दुई जनाको मृत्यु भएको हो।
आज एकैपटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ११ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ।
हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूऔभागमा मौसम मुख्यतया सफा रहेको छ भने तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरूमा कुहिरोको लागेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खाँडाचक्र नगरपालिकामा कार्यालय प्रमुख विवादले दैनिक काममा अवरोध हुँदै आएको छ। निमित्त कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेको छैटौं अधिकृत प्रबलजंग शाहीको जिम्मेवारी खोसेर अविराज शाहीलाई कार्यालय प्रमुख बनाएपछि कार्यालयको दैनिक कामकाज प्रभावित हुँदै आएको हो।
स्याङ्जाको वालिङ नगरपालिका-५ पाँडेथोकका अगुवा कृषक हुमनाथ लामिछाने यस वर्ष बगैँचाबाटै सुन्तला बेचे ।
आगामी शनिबार अर्थात् २१ डिसेम्बरमा प्रथम ध्यान दिवस मनाइँदै छ। उक्त दिवस विश्वभर मनाउन लागिएको हो। गत डिसेम्बर ७ मा संयुक्त राष्ट्रसंघको सभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवस मनाउने निर्णय गरेको हो।
बारले प्रतिनिधि नपठाउँदा न्यायपरिषद्ले न्यायाधीश नियुक्तिलगायत प्रक्रिया अघि बढाउन सकेको छैन। ३४औं न्यायपरिषद् दिवस मनाइरहँदा नेपाल बारलाई छिटोभन्दा छिटो प्रतिनिधि पठाउन सबैले आग्रह गरेका छन्।
सिरियाका पूर्वशासक बसर अल असदको सत्ताच्युतपछि लगभग आधा शताब्दी बढी समय सत्तामा रहेका असदहरूको सम्पत्तिको खोजी हुन थालेको छ। आधा शताब्दीमा विभिन्न क्षेत्रमा अर्बौं डलर लगानी गरिएको हुनसक्ने आशंकाका साथ असदहरूको सम्पत्तिको खोजी थालिएको हो।
नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गत कोसी प्रदेश समितिले विराटनगरमा मंसिर २२ गते प्रदेश सम्मेलन आयोजना हुने र त्यसमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी सहभागी हुने घोषणा गर्यो। तर त्यसको चार दिनअघि अर्थात् मंसिर १८ गते नै कांग्रेस नेता शेखर कोइरालानिकटहरूले विराटनगरमै छुट्टै सम्मेलन गरे।
जिल्लाको माडी नगरपालिकामा एक हजार दुई सय ६९ घरपरिवार गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ।
याे खेलको विजेताले फाइनल खेलमा उपाधिका लागि सुदूरपश्चिम रोयल्सको सामना गर्नुपर्ने छ।
चितवन राष्ट्रिय निकुञ्जमा ७२ हजार पर्यटकले भ्रमण गर्दा रु १० करोड बढी राजस्व रकम सङ्कलन भएको छ ।
गाँजा पहाडबाट मधेस हुँदै सेटिङमा भारततर्फ तस्करी हुँदै आएको खुलेको छ। ट्रकसँग ठोक्किएको कारबाट गाँजा बरामद भएपछि तस्करीको राज खुलेको हो। ट्रक र कार गत शनिबार राति आपसमा ठोक्किएका थिए।
‘डायमन्ड्स आर फरएभर’ भन्ने भनाइ छ नि ! यसमा सत्यता भएको केहीको दाबी छ। हालै शोधकर्ताहरूले हिरामा १.८५ टेराबाइटका डेटाहरू प्रति सेमी वर्गमिटरमा अटाउन सक्ने पत्ता लगाएका छन्।