४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

करोडौँ वर्षसम्म तथ्यांक जोगाउने हिरा

यस्तो पनि!

‘डायमन्ड्स आर फरएभर’ भन्ने भनाइ छ नि ! यसमा सत्यता भएको केहीको दाबी छ। हालै शोधकर्ताहरूले हिरामा १.८५ टेराबाइटका डेटाहरू प्रति सेमी वर्गमिटरमा अटाउन सक्ने पत्ता लगाएका छन्।  

लेजर प्रविधिबाट हिराभित्र डेटा राख्ने प्रविधि वैज्ञानिकहरूले बनाएका छन्। सो विधिबाट हिराजडित एउटा ब्लु रेभित्र १०० टेराबाइट बराबरका सामग्री राख्न सकिने जनाइएको छ। यसको अर्थ, दुई हजार ब्लु रेमा जति डेटा अटाउँछ, त्यति डेटा एउटा ब्लु रे आकारको हिरा जडित डिस्कमा डेटा राख्न सकिने भएको छ।  

पहिले डेटाहरू राख्नका लागि म्याग्नेटिक डिस्क प्रयोग गरिन्थ्यो। पछि फ्लपी डिस्क चलाउन थालियो। फ्लपी डिस्कपछि सीडी, डिभिडी, ब्लु रेजस्ता डिस्कहरू पनि डेटा सुरक्षित गर्ने माध्यमहरू बने। अहिले ब्लु रेभन्दा बढी डेटा केमा सुरक्षित गर्न सकिन्छ भन्ने अध्ययन अघि बढाउन हिराको प्रयोग गर्नेबारे वैज्ञानिकहरूले प्रयोग गरिरहेका हुन्।

यो प्रयोग चीनको हेफेईस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका प्राध्यापक ये वाङको समूहले गरेको हो। वाङको समूहले हिरालाई अत्यन्त तीव्र लेजर प्रयोग गर्दै छेडछाड गर्ने र त्यस छेडछाडले हिराको कार्बन एटमहरू तलमाथि गरिन्छ। एटम तलमाथि गर्दा कार्बनका एटमहरूले खाली ठाउँ बनाउँछन्। तिनै खाली ठाउँमा डेटाहरू सुरक्षित गर्न सकिने उनीहरूको दाबी छ।  

लेजरको ऊर्जालाई नियन्त्रित रूपमा चलाउँदा एउटा हिरामा विभिन्न खाली ठाउँ बन्ने गर्छ। चम्किलो त्यो खाली ठाउँलाई डेटा स्टोर गर्ने ठाउँ बनाउन सकिन्छ। यस्ता डेटाहरू ९९ प्रतिशतले सुरक्षित राख्ने र डेटा आदानप्रदान गर्न सकिने अध्येताहरूको दाबी छ। यस्ता हिराका डेटा स्टोर सरकारी एजेन्सी, शोध कम्पनी वा संस्था तथा पुस्तकालयहरूका लागि काम लाग्ने प्राध्यापक वाङको भनाइ छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: ४ पुस २०८१ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App