डा.निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने 'हिरासतमा रहेको फोटो' प्रहरीकै अगाडि खिचेको दाबी गरेका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लाइभ आएर उनले फोटो प्रहरीकै अगाडि खिचेको बताएका हुन्।
उनले भने,'रवि दाइलाई म भेट्न गएको थिए। उहाँलाई भेट्न जाने क्रममा सिसी क्यामेराको रुममा बसेर उहाँलाई हेरेको थिए। त्यहाँ एकैछिन बसेको थिए। त्यो बेला खिचेको हुँ। त्यहाँ प्रहरी दाइ दिदिहरु नि हुनुहुथ्यो सायद उहाँहरूले भुल्नुभयो होला।'
यो पनि पढ्नुहोस्
डा. भुसाल भन्छन्: रवि लामिछानेको फोटो मैले खिचेको हो, माफी चाहन्छुप्रकाशित: ४ पुस २०८१ १२:२९ बिहीबार