स्थानीय विवादले पर्यटन विकासमा बाधा, गाँठो फुकाउँदै लुम्बिनी सरकार
दहमा रहेको ताललाई ठूलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयहरुको असहमतीका कारण लक्षित काम हुन सकेन। तर, दुई वर्षसम्म काम सम्पन्न गर्नेगरी चयन भएको योजनाको काम सम्पन्न गर्न पटक पटक म्याद भने थप भइरहेको छ।