५ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान निरीक्षण गर्ने कार्यक्रम छ।

बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुर जाँदै प्रधानमन्त्री देउवा

बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बर्दिया जाँदै छन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुर पश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।

प्रधानमन्त्री देउवाद्वारा बाढी पहिरो पीडित ६ जिल्लाको भ्रमण

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरोले क्षति पुर्‍याएको सुदूरपश्चिमका जिल्लाहरुमा स्थलगत भ्रमण गरेका छन्। डोटी, बझाङ, बैतडी, डडेल्धुरा, कंचनपुर लगायत जिल्लामा पुगेर प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिएका थिए।

बढीपहिरो अपडेटः मृत्यु हुने १०१ पुगे, ४१ जना बेपत्ता

प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश–१ मा ६०, वाग्मतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो।

प्रदेश १ मा बाढी पहिरोमा परी ६२ जनाको मृत्यु

मृत्यु हुनेमा सबैभन्दा बढी पाँचथरमा २८, इलाममा १४, सुनसरीमा ८, धनकुटामा ७, उदयपुरमा २, सोलुखुम्बु, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए।

सुदूरपश्चिममा बाढी-पहिरोबाट मृत्यु हुनेको संख्या ३० पुग्यो, २४ जना अझै बेपत्ता

सुदूरपश्चिममा अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या ३० जना पुगेको छ भने २४ जना अझै बेपत्ता रहेका छन्। साथै बाढीपहिराेमा परेर १६ जना घाइते भएका छन्। बाढीपहिरोले डोटीमा १५ जना, बझाङमा ८ जना, बैतडीमा ४ जना, डडेल्धुरामा २ र कैलालीमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिक्रम चन्दले बताएका छन्।

कुबेलाको बाढीले लियो ८८ को ज्यान

पहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकाको मृत्यु भएको छ। जसमा २ बालिका र ७ बालक रहेको प्रहरीले जनाएको छ।

बाढी पहिरोमा परी ७७ को मृत्यु, २७ बेपत्ता

सबैभन्दा बढी पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ। त्यसपछि इलाममा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ।

प्रदेश १ मा वर्षाले ५१ जनाको मृत्यु

प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथरमा २२ जनाको मृत्यु भएको छ। जसमा मिक्लाजुङ–५ स्थित चिसापानी गाउँका ११ जनको मृत्यु भएको हो।

सुदूरपश्चिममा बाढी पहिरोले २० को मृत्यु, २४ जना बेपत्ता

सुदूरपश्चिममा अविरल बर्षाका कारण आएको बाढी र पहिरोमा परि २० जनाको मृत्यु भएको छ । भने ११ जना घाईते भएका छन । २४ जना वेपत्ता भएका छन । भने सयौ परिवार विस्थापित भएका छन । सयौ चौपाय मरेका छन । सुदूरपश्चिममा बाढी पहिरोले डोटीमा १३ जना, बैतडीमा ४ जना र डडेल्धुरामा २ र बझाङमा १ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरिक्षक बिक्रम चन्दले बताएका छन ।

पहिरोले मध्यपहाडी राजमार्ग अवरूद्ध

अविरल वर्षाका कारण मध्यपहाडी राजमार्गस्थित खुर्कोट–घुर्मी खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

बाढीपहिरो अपडेटः मृत्यु हुने ३१ पुगे, ४३ सम्पर्कविहीन

केही दिनदेखिको अविरल वर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ।

विषम मौसमको कारक जलवायु परिवर्तन

पानी पर्ने मौसम सकिँदा पनि पछिल्ला केही दिनमा भएको भारी वर्षाका कारण देशभर बाढी तथा डुबानका घटना बढेका छन्। यस किसिमको बेमौसमी वर्षा जलवायु परिवर्तनका कारण भएको हुन सक्ने विज्ञ बताउँछन्। मनसुन र जलवायुको परम्परागत प्रवृत्तिमा आएको परिवर्तनले उत्पन्न विपद्बाट जनजीवन प्रभावित भएको छ।

हुम्लामा पहिरोले घर पुरिँदा छ जना बेपत्ता

लगातारको वर्षाका कारण पहिराले घर पुरिँदा हुम्लामा एकै घरका छ जना बेपत्ता भएका छन्। प्रहरीका अनुसार हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँका धनवीरे शाहीको घरमा मंगलबार राति साढे आठ बजेतिर माथिबाट आएको पहिरो खसेको थियो।

ठाउँठाउँमा बाढीपहिरो, १६ जनाको मृत्यु

वर्षाले जनजीवन पनि प्रभावित भएको छ। बाढीपहिरोका कारण विभिन्न बस्ती डुबान र जोखिममा परेका छन्। बाढीपहिरोका कारण विभिन्न स्थानमा यातायात र सञ्चार सेवा अवरुद्ध भएको खबर छ। बाढीपहिरोबाट सयौं परिवार विस्थापित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्