८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

फाइल तस्बिर

प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको  निरीक्षण गर्न आउने भएका छन्। इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान  निरीक्षण गर्ने कार्यक्रम  छ।

उनले आजै इलाम र पाँचथर जिल्लाको पहिरो प्रभावित क्षेत्रको समेत हवाई निरीक्षण गर्ने कार्यक्रम छ। निरीक्षणपछि प्रधानमन्त्री देउवाले ती दुई जिल्लाका सीमामा रहेको राँके बजारमा प्रमुख जिल्ला अधिकारीसँग पहिराले पुर्‍याएको क्षति, उद्धार तथा राहतका बारेमा जानकारी लिने प्रजिअ खड्काले जानकारी दिए।

हालै आएको बेमौसमी वर्षाका कारण प्रदेश नं १ मा बाढी र पहिराबाट ६२ जनाको मृत्यु, २०  घाइते र १३  बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नबीनराज राईले जानकारी दिएका छन्। प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति पाँचथर जिल्लामा भएको छ। जिल्लामा २८ को मृत्यु, १० घाइते र छ बेपत्ता भएका छन्। जिल्लाको कम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिका पहिराले क्षति पुर्‍याएको छ।

यसैगरी इलाम जिल्लामा बाढी र पहिराका कारण १४ जनाको मृत्यु, पाँच घाइते र एक बेपत्ता छन्। माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका, माई र देउमाई, सूर्योदय नगरपालिका पहिराले क्षति पुर्‍याएको जनाइएको छ।

प्रकाशित: ७ कार्तिक २०७८ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App