५ आश्विन २०८१ शनिबार
image/svg+xml

सुदूरपश्चिममा बाढीपहिरोले ठूलो क्षतिः ६ को मृत्यु, २६ जना बेपत्ता, हजारौ विस्थापित

सुदूरपश्चिममा तीन दिन अविरल रुपमा आईरहेको वर्षाले ठूलो क्षति पुर्‍याएको छ। अविरल वर्षाका कारण पहाडी जिल्लामा आएको पहिरोमा कयौ घर बगेका छन् भने बाढी र पहिरोले सयौ परिवार विस्थापित भएका छन्।

उद्धार र राहतमा जुट्न प्रधानमन्त्रीको निर्देशन

गृहमन्त्रीको निर्देशनसहित राहत तथा उद्धार कार्यका लागि मन्त्रालयबाट पूर्ण सहयोग रहने आश्वासन आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।

पहिरोले मेची राजमार्ग अवरुद्ध

पहिरोले मेची राजमार्गको आधाभन्दा बढी भाग झरेपछि मेची राजमार्ग अवरुद्ध भएको छ। इलाम बजारनजिकैको धोबिधारादेखि कुलधाराबीचमा पर्ने नामसालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) कार्यालयछेउको खोल्सीमा राजमार्ग नै धस्सिएर झरेको हो।

गुल्मीमा पहिरोमा पुरीएर तीन दिदीबहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर पुरीदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ८ खानीगाँउका तिलक परियारको घर पहिरोले पुरेको हो।

बुटवलका मेयर शिव सुवेदीलाई ज्योतीनगरका पहिरो पीडितद्वारा हातपात

पहिरोल बिस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई उचित व्यवस्थापनमा ध्यान नदिएको र पानी पर्न थालेपछि बल्ल निरीक्षणको नाटक गरेको भन्दै ज्योतीनगरबासी मेयर सुवेदीसंग आक्रेशित भएको र सोही क्रममा घटना घटेको स्थानीयले बताएका छन्।

लुम्बिनी प्रदेशमा बजेट ल्याउन विलम्ब

यसभन्दा अघिल्लो सरकारले दर्ता गराएको प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता लिएको प्रदेश सरकारले नयाँ बजेट ल्याउन विलम्ब गरेको छ। लुम्बिनीमा सरकार परिवर्तनसँगै सरकारले पूर्णता नपाउँदा गठबन्धन सरकारले बजेट ल्याउन विलम्ब गरेको हो।

पहिराेले विद्यालयमा क्षति

वर्षासँगै खसेको पहिराेले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ।

धवलागिरीका चार जिल्ला सडक, सञ्चार र विद्युत सम्पर्कबाट बिच्छेद

अविरल वर्षापछिको पहिरोले पर्वतमा वितण्डा मच्चाउँदा धवलागिरी अञ्चलका चार जिल्ला (पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ) मा यातायात, सञ्चार र विद्युत सेवा अवरुद्ध भएको छ । पर्वतमा सेवा अवरुद्ध हुँदा त्यसको मार धवलागिरी अञ्चलका बागलुङ, म्याग्दी र मुस्ताङमा समेत परेको छ ।

गृहमन्त्री खाँण बाढी प्रभावित क्षेत्रमा

अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका थिए।

जेठ ३० यता बाढीपहिरोमा ११६ को मृत्यु

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० यता ११६ जनाको मृत्यु भएको छ।

पर्वतमा पहिरोमा पुरिएर ज्यान जानेको संख्या दश पुग्यो, एकजना बेपत्ता (अपडेट)

अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित दशजनाको ज्यान गएको छ । त्यस्तै पहिरोले घर पुरिँदा अरु एकजना बेपत्ता भएको पनि प्रहरीको भनाई छ ।

पर्वतमा पहिरोमा परेर ज्यान जानेको संख्या आठ पुग्यो, तीनजना बेपत्ता (अपडेट)

अविरल वर्षापछि पर्वतका विभिन्न ठाउँमा पहिरो खसेर घर पुरिँदा एकै परिवारका पाँच सदस्य सहित आठजनाको ज्यान गएको छ । त्यस्तै पहिरोले घर पुरिँदा अरु तीनजना बेपत्ता भएको पनि प्रहरीको भनाई छ ।

पर्वतमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, २ बेपत्ता

पर्वतमा पहिरो जाँदा पुरिएर ६ जनाको ज्यान गएको छ । पर्वतका विभिन्न तीनठाउँमा पहिरो जाँदा घर पुरिएर स्थानीयको ज्यान गएको प्रहरीले बताएको छ । पहिरोमा परेर दुईजना बेपत्ता भएका छन ।

पहिरोमा पुरिएर पोखरामा पाँचजनाको ज्यान गयो, एक बेपत्ता

अविरल वर्षापछिको पहिरोले घर बगाउँदा पुरिएर पोखरामा पाँजनाको ज्यान गएको छ भने एकजना बेपत्ता भएका छन । मृत्यु हुनेमा चारजना पुरुष र एकजना महिला रहेका छन ।

पहिरोमा पुरिएर एक बालिकाकाे मृत्यु

निरन्तरको वर्षापछि गएको पहिरोले घरगोठ पुरिंदा अर्घाखाँचीको पाणिनीमा एक बालिकासहित पशुचौपायाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्