coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पर्वतमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु, २ बेपत्ता

पर्वतमा पहिरो जाँदा पुरिएर ६ जनाको ज्यान गएको छ । पर्वतका विभिन्न तीनठाउँमा पहिरो जाँदा घर पुरिएर स्थानीयको ज्यान गएको प्रहरीले बताएको छ । पहिरोमा परेर दुईजना बेपत्ता भएका छन ।  

पर्वतका प्रहरी प्रमुख डिएसपी शिवराज बुढाथोकीका अनुसार कुश्मा नगरपालिका–१ दुर्लुङमा पहिरोले स्थानीय कौशिल्या पौडेलको घर पुरेको थियो । बुढाथोकीका अनुसार घर पुरिँदा ७५ वर्षिया कौशिल्या सहित उनका नातिनीहरु वर्ष १५ की विमला र ११ की विनिताको मृत्यु भएको छ । उनीहरु तीनजनाको शव फेला परेको बुढाथोकीले जानकारी दिए । कौशिल्याकी बुहारी ३५ वर्षिया भगवती र उनका छोरा ९ वर्षका विनोद पौडेल बेपत्ता छन् । घरमाथिबाट मध्यरातमा आएको पहिरोले घर पुरिएको उनले बताए ।

त्यस्तै डिएसपी बुढाथोकीका अनुसार पर्वतकै कुश्मा ११ मा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षिय दुर्गा पौडेल र उनका छोरा ६ वर्षका गणेश पौडेलको मृत्यु भएको डिएसपी बुढाथोकीले जानकारी दिए । त्यस्तै मोदी गाउँपालिका–५ मा पहिरोले पुरिएर स्थानीय ५० वर्षिय फुलमाया थापाको पनि ज्यान गएको डिएसपी बुढाथोकीले जानकारी दिए ।

प्रकाशित: १८ भाद्र २०७८ ०३:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App