१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रदेश १ मा वर्षाले ५१ जनाको मृत्यु

बाढी पहिरोमा परी प्रदेश १ मा ५१ जनाको मृत्यु भएको छ। तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले प्रदेश १ का विभिन्न जिल्लामा ५१ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  

प्रदेश प्रहरी कार्यालयका अनुसार पाँचथरमा २२ जनाको मृत्यु भएको छ। जसमा मिक्लाजुङ–५ स्थित चिसापानी गाउँका ११ जनको मृत्यु भएको हो। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईका अनुसार पाँचथरसँगै इलाममा ११, धनकुटामा ७, सुनसरीमा ५, उदयपुरमा २, मोरङ र भोजपुरमा १–१ जनाको मृत्यु भएको छ। पहिरोमा परी प्रदेश १ मा ९ जना बालबालिकाको मृत्यु भएको छ। जसमा २ बालिका र ७ बालक रहेको प्रहरीले जनाएको छ। विभिन्न जिल्लाबाट बाढी र पहिरोको थप विवरण आउने क्रम जारी रहेकाले क्षति अझ बढी हुनसक्ने प्रवक्ता राईले बताए।  

प्रहरीका अनुसार प्रदेश १ मा हालसम्म ८ जना बाढी पहिरोमा परी बेपत्ता भएका छन् र बेपत्ताको खोजी कार्य भइरहेको छ। बाढीका कारण तराईको झापा, सुनसरी र मोरङ बढी प्रभावित भएका छन्। झापा, मोरङ र सुनसरीका विभिन्न स्थानबाट १ हजार बढीलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ।  

विराटनगरको विमानस्थल र विद्युत् सेवा अवरुद्ध

वर्षाका कारण आएको बाढी सुनसरीको दुहबीस्थित विद्युत् प्राधिकरणको ग्रिडमा पसेपछि मंगलबार साँझदेखि विद्युत् सेवा अवरुद्ध भएको छ।  

प्रदेश १ का नेपाल विद्युत् प्राधिकरणका निर्देशक राजन ढकालले लगातार परेको वर्षका कारण दुहबी ग्रिड सेक्सनमा पानीले क्षति पुर्याएकाले मंगलबारदेखि विद्युत् सेवा अवरुद्ध भएको हो। ग्रिडमा जमेको पानी मोटरबाट फ्याक्ने काम भइरहेकाले पानी हटेपछि ग्रिड मर्मत गरेपछि विद्युत् सेवा सुचारु हुने उनले जानकारी दिए। ग्रिडमा कति क्षति भएको र मर्मत गर्न कति समय लाग्ने टुँगो नभएको उनले जानकारी दिए।  

त्यसैगरी विराटनगर विमानस्थलको रन वे मा बाढी पसेपछि हवाई सेवा ठप्प भएको छ । बाढीले टर्मिनल भवन, रन वे, ट्क्सी वेलगायतका स्थानमा पानी र फोहोर जमेर सेवा अवरुद्ध भएको छ। विमानस्थलका प्रमुख उत्सव खरेलका अनुसार एयर्पोटको पानी निकास हुने बास्ता खोला नै भरिएर एयर्पाेटतर्फ फर्किपछि डुबान भएको हो। पानी क्लीएर भएर हिलो र फोहोर सफा गरेपछि मात्रै विमानस्थल सञ्चालनमा आउने उनले बताए।  

‘पानी घटेपछि भौतिक संरचानको क्षतिको विवरण आउने र त्यसपछि मात्रै विमानस्थल सञ्चालनमा आउन सक्ने बताउन सकिन्छ,’ प्रमुख खरेलले भने। ४ वर्षअघि आएको बाढीले पनि विमानस्थलमा क्षति पुर्याएको थियो।  

प्रकाशित: ३ कार्तिक २०७८ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App