५ आश्विन २०८१ शनिबार
image/svg+xml

दार्चुला बाढी अपडेट: पाँच जनाको मृत्यु,६ जना बेपत्ता

गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए।

पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध

मंगलबार साँझदेखि लगातार परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ।

वर्षाले मेलम्चीको अस्थायी पुल र ट्रयाक क्षतिग्रस्त

वर्षा याम सुरु भएसँगै मेलम्ची नदीमा आएको बाढी पहिरोले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स जाने सडक र तीनवटा अस्थायी पुलमा क्षति पुर्‍याएको छ।

अव्यवस्थित प्लटिङमा पहिरो (फोटो फिचर)

पहाडका भिरमा सरकारी मापदण्ड र अनुमति बीना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ। वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ।

पहिरोले अवरुद्ध कर्णाली करिडोर खुल्यो

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी जयस्वर रिमालले पहिरोका कारण दुई दिनदेखि अवरुद्ध कर्णाली करिडोर डोजरले पहिरो पन्छाएपछि नियमित रुपमा सुचारु भएको बताए।

विभिन्न भागमा बाढी र पहिरो

केही दिन यता परेको अविरल वर्षाले पहिरो जाँदा राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। केही जिल्लासँगको यातायात सम्पर्क टुटेको छ।

म्याग्दीमा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या पाँच पुग्यो

म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परेर हराइरहेका थप तीन जनाको शव पनि भेटिएको छ। पहिरोमा परेर मृत्यु हुनेको संख्या पाँच पुगेको छ। मृतकहरु एकै परिवारका हुन्। पहिरोमा परेर दुई जना घाइते भएका छन्।

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

झण्डै १२ घण्टा लामो समयसम्म परेको अविरल वर्षापछि पहिरो खसेर घर भत्किदा पोखरामा एकजनाको मृत्यु भएको छ। सोमबार विहान करिब एकबजे पोखरा–६ डिहिकोपाटन, पधेरोंमा लक्ष्मी खड्का क्षत्रीको घर पछाडि पहिरो खस्दा घरको कोठा भत्किएको छ।

वर्षाका कारण घर र विद्यालय पहिरोको जोखिममा

जिल्लाको श्रीभावर–हाट सडकखण्डमा पहिरो खस्दा पुर्चौंडी नगरपालिका ६ स्थित भटेडी भन्ने स्थानमा स्थानीय मानवीर धानुकका दुई घर पहिरोको जोखिममा परेका हुन्।

मान्बु पहिरोबाट विस्थापितलाई त्रिपाल

गोरखाको मान्बु–१ श्यामचेतमा पहिरो जाँदा ४० घर विस्थापित भएका छन्। बुधबार साँझ गएको पहिरोले दुईवटा घर बगाएको र अन्य करिब ४० भन्दा बढी घर जोखिममा परेका हुन्।

मान्बु पहिरो विस्थापितलाई त्रिपाल

जोखिमा रहेका घरबाट बुधबार राती स्थानीय सुरक्षित ठाउँमा सरेको र अन्नपात, पशुवस्तु भने बिहीबार बिहान सारिएको आरुघाट गाउँपालिका अध्यक्ष राजु गुरुङले बताए। ‘केही वस्तुभाउ बगाएको, मरेको छ, शुरक्षाकर्मीको सहायताले उद्धार गरेका छौँ’ उनले भने।

बाढी पीडितलाई पानीका पाइप वितरण

संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्बन्धित वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाई वितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलबार जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।

खोटाङमा पहिरोले एक घर बगायो, एघार घर उच्च जोखिममा

रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा पहिरो झर्दा एक घर बगाउनाका साथै ११ घर उच्च जोखिममा परेका छन्। केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिरोले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्