coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाढी पीडितलाई पानीका पाइप वितरण

बाढी र पहिरोले पानीका पाइप समेत बगाएर समस्या झेलीरहेका बासिन्दालाई ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले आवश्यकताको आधारमा पाइप वितरण गर्ने भएको छ।

संघीय सरकारबाट प्राप्त १४ हजार ३ सय मिटर पाइप सम्बन्धित वडाको संरक्षणमा रहने गरी आवश्यकताको आधारमा अति प्रभावित घर परिवारलाई वितरणको प्रवन्ध गरिएको गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमले मंगलबार जारी प्रेश विज्ञप्तिमा उल्लेख गरिएको छ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामबाट २० एमएमको ७ हजार ५ सय मिटर, २५ एमएमको ३ हजार ८ सय मिटर, ३२ एमएमको १ हजार ६ सय मिटर र ४० एमएमको १ हजार ४ सय मिटर गरी १४ हजार ३ सय मिटर पाइप पालिकालाइ हस्तान्तरण भएको थियो।

सोही पाइपलाई गाउँपालिकाले आवश्यताको आधार र वडापालिकाको संरक्षण हुने गरी अति प्रभावित परिवारलाई वितरण गर्ने भनेको छ। गत असार ३० गते आएको बाढी र पहिरोका कारण सिरिजंगा गाउँपालिका वडा नं ५ पेदाङ्, वडा नं ६ मामाङ्खे र वडा नं ७ खेवाङमा निकै ठूलो जनधनको क्षति भएको थियो।

पहिरोले स्थानीयले प्रयोग गर्दै आएको खानेपानीको नाला र मुहान समेतमा क्षति गरेपछि गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिबाट खानेपानीको पाइप व्यवस्थापन गरिदिन नेपाल सरकार र प्रदेश सरकार समक्ष अनुरोध गरिएको थियो।

सोही अनुसार संघीय सरकारले तत्कालका लागि करिब साढे १४ हजार मिटर पाइप पठाएको छ। विज्ञप्तिमा पालिका प्रवक्ता गौतमले गाउँपालिकाले पाइप उपलब्ध गराएकोमा संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरी तथा पहलकदमी लिएकोमा पालिका अध्यक्ष लालकृष्ण चौहान र पालिकाका पूर्व अध्यक्ष टीकाराम गुरुङप्रति आभार प्रकट गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले खानेपानीको समस्या बारे जिल्ला विपद् व्यवस्थापन समिति समेतकोतर्फबाट संघीय र प्रदेश सरकार समक्ष गरिएको आग्रह अनुसार पाइप प्राप्त भएकोमा खुसी प्रकट गरेका छन्। ‘प्राथमिक आवश्यतामध्ये एकको सम्बोधन भएको छ’ पोखरेलले भने।

प्रकाशित: २८ असार २०७९ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App