२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

खोटाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ दौत्यखोलास्थित सडकमा सोमबार बिहान भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कदुवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा.प्र.०२-०२९ प ९७२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा चालक ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–३ बस्ने ३५ वर्षीय मोतीराज राई गम्भीर घाइते भएका थिए।

घाइते राईलाई तत्काल उपचारका लागि रुम्जटार अस्पताल ओखलढुंगा पुर्‍याइएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: १९ माघ २०८२ २१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App