५ आश्विन २०८१ शनिबार
image/svg+xml

मनाङको दुखः वर्षा लाग्यो, डरैडरमा रात बित्छ

अघिल्लो असारको पहिलो साता हिमाली जिल्ला मनाङ बाढीपहिरोको चपेटामा पर्यो। मानवीय क्षति नभएपनि बाढीपहिरोले ठुलो आकारमा भौतिक नोक्सान पुर्यायो। मस्यार्ङदी नदी किनारका बासिन्दा बिस्थापित भए। बिस्थापित बासिन्दा लामो समयसम्म घर फर्किन सकेनन्। गाउँले बिस्थापित त भए नै मनाङ जोड्ने एकमात्र मुल सडक अवरुद्ध हुँदा महिनौं यातायात ठप्प भयो। हेलिकप्टरबाट खाद्यान्न र औषधि ढुवानी गरेर जिल्लाबासीले महिनौं गुजारा चलाए। एक वर्षअघिको बाढीबाट बिस्थापित बासिन्दा अहिलेको वर्षायाममा पनि उत्तिकै त्राहिमाम छन्।

राजमार्गको सास्तीपूर्ण यात्राले पर्यटनमा मार

व्यवसायीका अनुसार विदेशी मात्र नभई यातायात पहुँचको झन्झटले आन्तरिक पाहुनाको हिँडडुल पनि कम भएको छ। कतिपय कार्यक्रमका लागि भनेर राजधानीबाट बाहिरिएका पाहुना पोखरा नै आउन नपाएको उनीहरूले बताएका छन्। अहिले पोखरा–मुग्लिन राजमार्ग विस्तार भइरहेको छ।

ताप्लेजुङमा बाढीपहिरोः कतै घर बगायो, कतै पशुचौपाया

लगातारको वर्षापछि आएको बाढीपहिरोले ताप्लेजुङका अधिकांश क्षेत्रहरुमा जोखिम बढाएको छ।

मनसुनजन्य विपद्को तयारी

आँबुखैरेनीको घटनाले यो वर्षा याममा आउन सक्ने विपद्को संकेत गरेको छ। यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षाको पूर्वानुमान विज्ञहरूले गरिसकेका छन्।

मुस्ताङको मार्फामा सुख्खा पहिरो खस्दा वातावरण धुमिल (फोटोफिचर)

मानवीय जोखिम नदेखिएपनि प्राकृतिक विपत्तिको प्रकोप बढ्दै गएकोप्रति स्थानीय बासिन्दा त्रसित छन्।

मेलम्चीको पानी फेरि उपत्यकाबासीको धारामा

सरकारले अघिल्लो वर्षदेखि नै मेलम्चीको पानी काठमाडौंमा वितरण गर्न सुरु गरेको थियो तर गत असार १ गते आएको बाढी पहिरोले मेलम्चीको हेडवर्क्स क्षेत्र अम्बाथानस्थित मुख्य संरचनामा क्षति पुर्‍याएसँगै वितरण अवरुद्ध भएको थियो।

मनाङ बाढीः वर्खा लाग्दै, त्रास बढ्दै

मर्स्याङदीमा गतवर्षको असारमा भीषण बाढी आउँदा मनाङको चामे, बगरछाप र ताल गाँउ बढी प्रभावित हुन पुग्यो। तालको बस्ती नै उजाड बनाईदियो। बस्ती अझै स्थपित भएको छैन्। बस्तीलाई पुर्नस्थापित गर्ने विषयमा ठोस पहलकदमी कतैबाट भएको देखिदैन। कहाँ स्थापित गर्ने भन्ने सरकारको ठोस निर्णय छैन्।

पहिरो पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

पहिरो पीडित घर–परिवारलाई बुधबार पहिरो प्रभावित क्षेत्रमै पुगेर गाउँपालिकाका अध्यक्ष शमशेर राई, उपाध्यक्ष चन्द्रकला राईलगायत जनप्रतिनिधि र कर्मचारीले प्रतिपरिवार रु एक लाख बराबरको चेक हस्तान्तरण गरेका थिए।

मुस्ताङको थासाङमा फेरि हिमपहिरो

हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ मा फेरि हिमपहिरो आएको छ । टुकुचे पिक (६९२० मिटर)बाट शनिबार बिहान झन्डै चारबजे हिमपहिरो झरेको स्थानीयले बताएका छन्। हिमपहिरोले मानवीय क्षति भने पु¥याएको छैन। तर, हिमपहिरोले पुरिँदा स्थानीयका चौरी मरेका छन।

संकटवाहक बनेको राजनीति र कूटनीति

सन् १९९० अगस्टमा सानो छिमेकी कुवेतलाई इराकले आफूमा गाभ्दा नेपाल त्यसका विरुद्ध उभिएको थियो। नेपालको यो अडान भारतको इराक पक्षीय अडानविपरीत थियो।

मनाङ बाढीः वर्षाअघि नै बस्ती जोगाउने पहल

हिमालपारिको जिल्ला मनाङमा गत जेठ र असारमा आएको बाढी पहिरोका कारण बिस्थापित परिवार र जोखिममा रहेका पूर्वाधार तत्कालै जोगाउने पहल थालिएको छ। आगामि वर्षा अघि नै बस्ती र पूर्वाधार जोगाउन गरि काम थालिएको स्थानीय प्रशासनले बताएको छ।

मनाङ बाढीः तालगाउँका बासिन्दालाई कहाँ लैजाने?

गत असारको बाढीको चपेटामा परेका मनाङको तालगाउँका बासिन्दालाई कसरि व्यवस्थापन गर्ने भन्ने अझै टुंगो लागेको छैन। किनकी नदी किनारको तालगाउँमा कुनैपनि बेला बाढी पस्न सक्छ। हिउँदमा हिउँ पग्लिँदा नदीको वहाव बढ्ने र वर्षामा पानी पर्दा बाढी आउने जोखिम छ। खोला किनारको बस्ती गाउँलेहरु सहजै गाउँ छाड्न चाहँदैनन भने सरकारले पनि अहिलेसम्म ठोस निर्णय गरेको छैन। आगामि वर्षायाम अघि नै आफुहरु सुरक्षित भईसक्नुपर्ने स्थानीयको माग छ।

मेलम्ची खानेपानी आयोजना अझै अन्योलमै

मेलम्ची खानेपानी आयोजना बाढीपहिरोले क्षतिग्रस्त भएको ६ महिना बित्यो। क्षतिग्रस्त आयोजनाको काम कुन ढाँचा र कुन निकायले गर्ने अहिलेसम्म सुरसार गरेको देखिँदैन।

हिउँमा फसेका बाबुछोराद्धारा हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह

गोठ सार्ने क्रममै हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकालिएको छ।

सुदूरपश्चिमका छ जिल्ला बाढीपहिरो सङ्कटग्रस्त क्षेत्र घोषणा

सरकारले सुदूरपश्चिमका छ पहाडी जिल्लालाई बाढीपहिरो सङ्कट क्षेत्र घोषणा गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले गएको कात्तिक ३ गते ती जिल्लामा बाढीपहिराले मानवीय तथा धनजनको ठूलो क्षति गरेकाले यस क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्