२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

हिउँमा फसेका बाबुछोराद्धारा हेलिकोप्टरमार्फत उद्धार गरिदिन आग्रह

गोठ सार्ने क्रममै हिमपात भएर हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ सिम्बुकका बाबुछोराको उद्धारका लागि हेलिकोप्टरबाहेक अर्को विकल्प नभएको निष्कर्ष निकालिएको छ।

ओडारमा बसेका बाबुछोराले गए बेलुकासम्म हिउँको प्रभाव कम होला र घर फर्कन सकिएला भनेर खबर गरेको तर अहिले बिहान आउन नसकिएकोले हेलिकोप्टरमार्फत आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेको मिक्वाखोला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष डण्डु लामाले जानकारी दिए।

उनका अनुसार पापुङको लोदेन खर्कमा अन्दाजी ५० वर्षीय लाक्पाटाँसी शेर्पा र उनका १५ वर्षीय छोरा पासाङ छिरिङ शेर्पा थुनिएका हुन्। लाक्पाटाँसीले शनिवार बिहान फोन गरेर आफूहरू हिउँ छिचोलेर घर फर्कन सक्ने अवस्था नभएकोले हेलिकोप्टर पठाइदिन माग गरेको वडाध्यक्ष लामाले जानकारी दिए।

हिमपहिरोले लाक्पाटाँसीका २५ वटा याक पनि बगाएर लगेको जानकारी आफूलाई गराएको बताए। लाक्पाटाँसीले आफूहरू रहेको ओडारको केही मास्तिरसम्म भाग रहेको देखेको र त्यहाँ हेलिकोप्टर बस्न सक्ने जानकारी गराएको बताए।

यदि हेलिकोप्टर बस्न सक्ने अवस्था नभए हिउँले थुनिएका बाबुछोराका लागि खाना र न्यानो कपडा झारेर फर्कन सक्ने अवस्था रहेको समेत वडाध्यक्ष लामाले बताए।

प्रकाशित: १७ पुस २०७८ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App